arrow

जेन-जी सरकारविरुद्ध आजदेखि जेन-जी नै आन्दोलित, कतैबाट परिचालित नभएको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ७ सोमबार
miraj-dhungana-09.jpg

काठमाडौँ । जेन-जी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध नै आजदेखि जेन-जीहरूको एक समूह आजदेखि आन्दोलनमा होमिँदैछ । 

जेन-जी मिराज ढुङ्गाना समूहले आजबाट आजबाट विरोध प्रदर्शन गर्न लागेको हो । ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकारको १०० दिनको काम हेर्दा असफल भइसकेको दाबी गर्दै आजदेखि नै आन्दोलन गर्ने जनाएको छ ।

समूहले बिहान ११ बजेदेखि माइतीघरमा प्रदर्शन गर्ने जनाएको छ । आफैँले बनाएको सरकारले जेन-जीका माग र मुद्दाहरू ‘अपहरण’ गरेको भन्दै विभिन्न जेन-जी समूहहरूले प्रधानमन्त्रीको १०० दिन पुगेकै दिन आन्दोलनको घोषणा गरेका हुन् । 

वर्तमान सरकारले भदौ २३ र २४ गतेको आन्दोलनको मर्म नबोकेको ढुङ्गानाको भनाइ छ । उनले वर्तमान सरकारले युवा पुस्ताको भावना र आन्दोलनको नेतृत्व गर्न नसक्ने बताएका छन् । 'संयुक्त जेन–जी आन्दोलन' घोषणा गर्दै उनले देशमा हाल देखिएका समस्याहरूको सही समाधान नभए नेपालको स्थिति पनि बङ्गलादेशको जस्तै अराजक हुने चेतावनी दिए।

ढुङ्गानाले जेन–जी आन्दोलन केवल निर्वाचनका लागि मात्र नभई व्यवस्था सुधार, सुशासन र राज्यको चरित्र रूपान्तरणका लागि भएको स्पष्ट पारे। उनले भने, “अहिलेकै अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउन सक्छ, त्यसैले निर्वाचन गराउनुलाई मात्रै सरकारले ठूलो उपलब्धि नठानोस्।” उनले सुरक्षा, न्याय र भरोसाको अभावमा राज्य भएको अनुभूति नै नभएको जिकिर गरे।

सरकारमाथि भ्रष्टाचार र नातावादको आरोप अभियन्ता ढुङ्गानाले सरकारले भ्रष्टाचारका फाइल खोल्न नसकेको र उल्टै नातावादमा फसेको आरोप लगाए । उनले प्रधानमन्त्रीले सार्वजनिक जग्गा मिचेको, गृहमन्त्रीले आफ्ना काकालाई नियुक्ति दिन प्रहरीमा दरबन्दी थपेको र महान्यायाधिवक्ताले छोरीलाई उन्मुक्ति दिएको जस्ता गम्भीर आरोपहरू समेत लगाएका छन्। उनले प्रधानमन्त्रीको सचिवालय नातावाद र कृपावादमा चलेको दाबी गरे।

उनले आफूहरू कसैबाट परिचालित नभएकोसमेत बताएका छन् । उनले भने, “हामी कोही कसैबाट पनि परिचालित भएका छैनौँ । शुरूआती दिनहरूदेखि नै हाम्रा मागहरू स्पष्टै छन् । फेरिएका पनि छैनन् । आन्दोलन शान्तिपूर्ण हुन्छ ।”

मिराज तिनै जेन-जी नेता हुन् जसले भदौ २३ गतेको आन्दोलन माइतीघरदेखि बानेश्वरसम्म गर्नका लागि जिल्ला प्रशासनसँग स्वीकृति लिएका थिए । उनी र पुरुषोत्तम यादवले स्वीकृति लिएका थिए । 

तर जब आन्दोलन हिंश्रक बन्न गयो उनीहरूले तत्काल उक्त आन्दोलनमा घुसपैठ भएको भन्दै सबैलाई घर जान आह्वान गरेका थिए । त्यही जेन-जी आन्दोलनमाथि सरकारले देखाएको बर्बरताले १९ जेन-जीको ज्यान गएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ