नारायण खड्का,दाङ । स्थान दाङको ववई घाट । मलामी पनि छैनन् । मरेका मान्छेपनि छैनन् तर एउटा सवको आकृति भने छ । मुर्दा वोक्दा निर्माण गरिने हरिया वाँसको भाँडाहरुको खटमा दाजुभाइले सब बोकेरै घाट सम्म ल्याएका छन् । एउटा पुरेत पनि साथमा छन् । पुरेतले धार्मिक विधि पुर्वक अन्तिम संस्कार गर्नुपूर्वका सबै कार्य रितपूर्वक गर्दै छन् । अचम्मको कुरा, उक्त मुर्दा राखिएको स्थान नजिकै नेपाली काँग्रेसको झन्डा पनि गाडिएको छ । यो सबै नियालीहरुका स्थानियहरु त्यहाँ के भइरहेको भन्नेवारे अलमलमा परे । बुझ्दै जाँदा थाहाँ भयो , यो १४ वर्ष अघि तत्कालिन माओवादीले गरेको हत्या रहेछ । हत्या गरिएका व्यक्तिका परिवार र छोराहरु हालसालै जमघट भएकोले उनीहरु १४ वर्ष पछि मात्रै आफना अभिभावकको अन्तिम संस्कार गर्दै रहेछन् ।
यो,रुकुममा १४ वर्ष अघि हत्या गरिएका चन्द्रबहादुर खत्रीको दाङको फुलवारीमा कुसको आकृति निर्माण गरी अन्तिम संस्कार गरिदैको परिदृष्य थियो । सशस्त्र युद्धको समयमा २०५८ साल पुस ७ गते तत्कालिन नेकपा माओवादीले उनको अपहरण पछि हत्या गरेको थियो । पुस सात गते हत्या गरिएकै दिन तर १४ वर्ष पछि मात्रै उनको अन्तिम संस्कार गर्न लागिएको थियो । झुला गाविस–३ भेराखेतका खत्रीको कुसको पुत्लाको आकृति वनाएर हिन्दु परम्परा अनुसार हत्या भएकै दिन पुस सात गते अन्तिम संस्कार गरिएको हो । खत्रीको परिवारले मंगलवार देखी नै काजकिरीया पनि सुरु गरेको छ । पार्टीलाई चन्दा नदीएको, सहयोग नगरेको, नेपाली काँगे्रस नछोडेको लगाएतका आरोप लगाउँदै खत्रीलाई रातको समयमा अपअरण पछि जंगलमा लगेर हत्या गरिएको खत्रीका परिवार जनले जानकारी दिए ।
आफना पतिको हत्या गरिएको हो वा वेपत्ता पारिएको हो भन्ने एकिन थिएन त्यसैले अलमलमा परेको खत्रीकी श्रीमती शसीली खत्रीले बताइन । तर हालसालै एक जना चिनजानका माओवादी नेताले चन्द्रवहादुर खत्रीको २०५८ साल पुस ७ गते राति नै हत्या भएको तथ्य जानकारी दिएपछि परिवारले अन्तिम संस्कार गरेको हो । परिवार जनमा अर्काै समस्या पनि थियो, किनकी तत्कालिन समयमा माओवादीका स्थानिय नेताहरुले काजकिरिया गर्न रोक लगाएका थिए । छोरा बशन्त खत्रीका अनुसार नेपाली काँग्रेसका गाउँ इकाइ समिति सभापति र गाविस उपाध्यक्ष समेत रहेका उनका बाबु चन्द्रवहादुर खत्रीको राजनीतिक प्रतिसोधका कारण हत्या भएको दाबी गर्छन । यसअघि सम्म खत्रीलाई अपहरण गरि माओवादीले लगेपनि हत्या भए नभएको सहि सूचना परिवार जनले पाउन सकेका थिएनन् ।
श्रीमानलाई माओवादीले वेपत्ता पारेपछि शसीली खत्री नावालक लालावाला टिपेर दाङ झरेको वताउँछिन । जेठो छोरा वसन्त खत्रीलाई पनि माओवादीले २०५६ साल वैशाख १४ गते घर वाटै अपहरण गरी वेपत्ता पारेका थिए । तर उनी माओवादी भित्रकै चिनजानका व्यक्तिले गर्दा नजरवन्द अवस्थामै भाग्न सफल भएको बताउँछन् । त्यसपछि वशन्त भारतमा पुगेर मजदुरी गरी वसेका रहेछन् । शान्ती प्रकृया संगै खत्रीको सवै परिवार एक अर्काको खोजिमा लाग्दा हालै सबै सदस्य जमघट भएकोले मंगलवार काजकिरीया गरिएको छोरा बसन्तले बताए ।