arrow

चुनावमात्र गराउने कार्की सरकारलाई दबाब

माइतीघरमा 'जेन–जी' को आन्दोलन चर्कियो: "हाम्रो माग चुनाव होइन, सुशासन हो"

जेन–जीको माग हरायो, निर्वाचन भनि करायो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ८ मंगलबार
genz-at-maitighar.jpg

काठमाडौँ । 'जेन–जी' विद्रोहका मागहरू पूरा नभएको भन्दै मिराज ढुंगाना नेतृत्वको युवा समूहले मङ्गलबार पनि काठमाडौँको माइतीघर मण्डलामा सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन्। अन्तरिम सरकारले विद्रोहको भावनाअनुसार काम नगरेको आरोप लगाउँदै उनीहरूले आन्दोलनलाई निरन्तरता दिएका हुन्।

प्रदर्शनका क्रममा युवाहरूले ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ भन्दै सरकारले मुख्य मुद्दाहरूलाई ओझेलमा पारेर निर्वाचनको मात्र कुरा गरेको भन्दै आक्रोश पोखे। उनीहरूले ‘अतिभो राजनीतिक खेल, आमा सरकार फेल’, ‘घाइतेका माग पूरा गर’ र ‘हाम्रो माग चुनाव होइन सुशासन हो’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए।

यसअघि सोमवार भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै आन्दोलनका अगुवा मिराज ढुंगानासहितका युवाहरूलाई नियन्त्रणमा लिएको थियो। प्रहरी धरपकडका बाबजुद मङ्गलवार पुनः भेला भएका प्रदर्शनकारीहरूले मुलुकमा व्याप्त भ्रष्टाचारको अन्त्य नभएसम्म र आन्दोलनका क्रममा भएको दमनको छानबिन नभएसम्म घर नफर्कने चेतावनी दिएका छन्।

विशेष गरी केही जेन–जी समूहहरूले सरकारले घोषणा गरेको फागुन २१ को निर्वाचनभन्दा पहिला सुशासन र व्यवस्था सुधार हुनुपर्ने अडान राख्दै आएका छन्। आफ्ना मागहरू सम्बोधन नभए आन्दोलनलाई देशव्यापी बनाउने उनीहरूको तयारी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ