arrow

जेन-जी आन्दोलनको साइड इफेक्टस

बीमा कम्पनीले गरे पाँच अर्ब ४८ करोड दाबी रकम भुक्तानी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १८ शुक्रबार
nepal-beema-pradhikaran.jpg

काठमाडौँ । बीमा कम्पनीहरूले पाँच अर्ब ४८ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणकाअनुसार हालैको जेन-जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल तीन हजार तीन सय १६ ओटा बीमा दाबीको करिब २३ अर्ब ४७ करोड दाबी रकम परेको थियो ।

सोमध्ये हालसम्ममा अग्रिम भुक्तानीसमेत गरी करिब पाँच अर्ब ४८ करोड २५ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी कम्पनीहरुले गरिसकेका हुन् ।

प्राधिकरणमा १४ ओटा निर्जीवन बीमा कम्पनी र चार ओटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानीसमेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ कूल सात सय १२ ओटा बीमा दाबीको दाबी रकम करिव १९ अर्ब पाँच करोडमध्ये करिब तीन अर्ब ९३ करोड ५९ लाख र मोटर बीमातर्फ कूल दुई हजार तीन सय २१ ओटा बीमा दाबीको दाबी रकम करिब तीन अर्ब ४६ करोड १६ लाखमध्ये करिब एक अर्ब ३९ करोड २५ लाख भुक्तानी भएको छ ।

यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ कूल दुई सय २६ ओटा बीमा दाबीको करिब ५५ करोड ३९ लाख दाबी रकममध्ये करिब आठ करोड ३६ लाख, परिवहन बीमातर्फ कूल १२ ओटा बीमा दाबीको करिब एक करोड ६९ लाख दाबी रकममध्ये करिब एक करोड ५५ लाख र अन्य बीमातर्फ कूल ४५ ओटा बीमा दाबीको करिब ३८ करोड ४० लाख दाबी रकममध्ये करिब  पाँच करोड अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ । 

जेन-जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई कूल करिब तीन अर्ब दुई करोड अग्रिम भुक्तानीसहित पुनर्बीमा दाबी भुक्तानी गरेको प्राधिकरणले जानकारी दिएको छ ।

बीमा प्राधिकरणका अनुसार नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ ओटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कूल दुई हजार आठ सय ६३ ओटा पुनर्बीमा दाबीको कूल पुनर्बीमा दाबी रकम करिब १६ अर्ब ६२ करोड ६६ लाख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ