arrow

पर्वतका कांग्रेसी युवाले गरे विशेष महाधिवेशनमा सहभागी हुन प्रतिनिधिलाई चेतावनीसहित आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २४ बिहिबार
pabat-congress-youth-82-9-24.jpg

पर्वत । पर्वतका कांग्रेसी युवाहरूले विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन् । पर्वतमा बिहीबार भएको युवाहरूको भेलामा कांग्रेसको वर्तमान अवस्थाबारे गम्भीर छलफल गर्दै पार्टीलाई विधि र विधानअनुसार चलाउन विशेष अधिवेशन अनिवार्य भएको निष्कर्ष निकालिएको छ । 

पार्टीलाई विधि, विधान र वैचारिक बाटोमा फर्काउन विशेष महाधिवेशन अपरिहार्य भएको निष्कर्षसहित पर्वतका  २७ जना महाधिवेशन प्रतिनिधिलाई विशेष महाधिवेशनको पक्षमा स्पष्ट रूपमा उभिन आग्रह गरिएको नेपाल विद्यार्थी संघ नेविसंघका केन्द्रीय सदस्य सुनील शर्माले जानकारी दिए । 

उनले आफूहरूको बैठकले 'अब ढिलाइ होइन, समाधान विशेष महाधिवेशन नै हो' भन्ने निष्कर्ष निकालिएको जानकारी दिँदै भने, 'विधान विपरीत गए कारबाही हुन्छ । पार्टीलाई विधानअनुसार नै चलाउने हो ।'

उक्त भेलामा ४० वर्ष मुनिका युवाहरू सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ