सिराहा । निवर्तमान युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले उम्मेदवारी दिएका छन् । उनी सिराहाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार भएका हुन् ।
उनले लहानस्थित सिरहा क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेरउम्मेदवारी दर्ता गराएका हुन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराएका हुन् ।
युवा तथा खेलकुद मन्त्री बनेपछि उनले बिना कुनै आधार दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने मिति तोकेका थिए । तर उनी खेलकुदका कुनै पनि महत्वपूर्ण कार्यक्रममा सरिक हुन सकेनन् ।