arrow

बौद्धको करोडौँको सुन चोरी: खुकुरी नचाउँदै भागेका अभियुक्तलाई प्रहरीले गोली हानेर समात्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २२ बिहिबार
nepal-police12.jpg

काठमाडौँ । काठमाडौँको बौद्धमा भएको एक ठुलो चोरीका अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।

बौद्धका रिन्जी लामाको घरबाट गत मङ्गलबार १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरका सुनका गहना चोरेर फरार भएका बाँकेका प्रेम चौधरीलाई प्रहरीले गए राति नागार्जुन नगरपालिका–६ बाट पक्राउ गरेको हो। प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाका अनुसार पक्राउ परेका चौधरीको साथबाट ६५ तोला चोरीको सुन समेत बरामद गरिएको छ।

प्रहरीले उनलाई घेरा हाल्न खोज्दा उनले उल्टै खुकुरी प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपरेको थियो। प्रहरीको गोली लागेर घाइते भएका चौधरीको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने उनको खुट्टामा चोट लागेको बताइएको छ।

यो मुठभेडका क्रममा एक जना प्रहरी जवान पनि घाइते भएका छन्। प्रहरीले अहिले यस घटनामा अरू कसैको संलग्नता छ कि छैन भन्नेबारे थप अनुसन्धान अगाडि बढाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ