इत्तेहाद स्टेडियम । च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ सिक्सटिनमा इङलिश क्लव म्यानचेष्टर सिटी र स्पेनिश क्लव एथलेटिको मड्रिडले शानदार प्रदर्शन गरेका छन् । घरेलु मैदान इत्तेहाद स्टेडियममा खेलेको म्यानचेष्टर सिटीले फ्रेन्च क्लव मोनाकोलाई ५–३ ले हरायो । गोलको वर्षा नै भएको खेलमा म्यानचेष्टर सिटीलाई विजयी गराउने क्रममा सर्जियो अगुएरोले पहेंलो कार्ड खाएपछि दुई गोल गरे । त्यस्तैगरी रहिम स्टर्लिङ, जोन स्टोन्स र लेरो सेनले एक एक गोल गरे । मोनाकोका लागि रादामेल फाल्कोले दुई तथा काइलियन लोटिनले एक गोल गरे । फाल्कोले एउटा पेनाल्टी प्रहारलाई भने गोलमा परिणत गर्न नसक्दा ह्याट्रिक गर्नबाट चुकेका थिए ।
यो संगै प्रिक्वार्टरफाइनलको पहिलो लेगको सफलताले म्यानचेष्टर सिटीलाई क्वार्टरफाइनल पुग्न केही सजिलो भएको छ ।
च्याम्पियन्स लिगको पहिलो लेगमा भएको आठ गोल कीर्तिमानसमेत बनेको छ । अहिलेसम्म यति फराकिलो अन्तर भएको थिएन । युरोपियन कपमा भने सन् १९९० मा रियाल मड्रिडले स्वारोस्की टाइरोललाई ९–१ ले हराएको थियो ।
त्यस्तै अर्को खेलमा स्पेनिश क्लव एथलेटिको मड्रिडले जर्मन क्लव बायर लिभरकुजेनलाई ४–२ ले हरायो । जर्मनीको बे एरिनामा भएको खेलमा पाहुना टोली मड्रिडलाई जिताउने क्रममा फर्नान्डो टोरेस, सल निग्वेज, एन्टोइने ग्रिजम्यान र केभिन गामेइरोले एक एक गोल गरे । पराजित लिभरकुजेनका लरिम बेलार्बीले गोल गरे । एथलेटिकोका स्टेफेन साभिकले आत्मघाती गोल गरेका थिए ।