जितेन्द्र भण्डारी, पाँचथर। पाँचथरको यासोकमा रहेको पृथ्वी उच्च मा.वि.मा लामो समयको शिक्षणपछि अवकाश प्राप्त प्रधानाध्यापक चन्द्रप्रसाद निरौलाले विद्यालयमा १ लाख रुपैयाँ बराबरको अक्षय कोष स्थापना गरिदिनु भएको छ .।
उहाँले भन्नुभयो,“जेहेन्दार र विपन्न वर्गका विद्यार्थीहरुलाई कोषको व्याजबाट छात्रावृति प्रदान गर्न भन्दै अक्षयकोष स्थापना गर्न लागेको हुँ ।”
उहाँले अक्षय कोष क्रमिक रुपमा बढाउँदै लाने समेत बताउनुभयो । उहाँका अन्य दाजुभाईहरु तेजनाथ,नरेन्द्रप्रसाद ,मेघराज ,सुरेन्द्रराज र भजित विपिन निरौला समेतले आगामी वर्षदेखि अक्षयकोषमा रकम थप्दै जाने प्रतिवद्धता जनाउनु भएको छ ।
अवकाशप्राप्त प्रअ निरौलाले भने यसअघि पनि सो विद्यलायलाई आर्थिक र भौतिक सहयोग गर्दै आउनु भएको निमित्त प्रअ प्रकाशमणि विसीले जानकारी दिनुभयो ।