arrow

दिउँसो २ बजेसम्म ३३ प्रतिशत मतदान: ६३ लाखभन्दा बढीले खसाले भोट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
election-falgun2102082-1.jpg

काठमाडौँ। प्रतिनिधिसभा सदस्यका लागि आज भइरहेको निर्वाचनमा दिउँसो २:०० बजेसम्म करिब ३३.४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। आज बिहान ७:०० बजेदेखि सुरु भएको मतदान देशभरका सबैजसो मतदान केन्द्रहरूमा उत्साहजनक रूपमा जारी छ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले दिएको जानकारीअनुसार दिउँसो २:०० बजेसम्म देशभर कुल ६३ लाख १६ हजार २१५ मत खसेको विवरण आयोगको प्रणालीमा प्राप्त भएको छ। दोलखाको एउटा केन्द्रमा भने केही प्राविधिक कारणले मतदान सुरु हुन नसकेको आयोगले जनाएको छ। अन्य केही स्थानमा सामान्य विवाद देखिए पनि समग्रमा मतदान कार्य शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ।

देशभरका अधिकांश मतदान केन्द्रहरूमा अहिले पनि मतदाताहरूको लामो लाम देखिएको छ। निर्वाचन आयोगले मतदानका लागि मतदाताहरू शान्तिपूर्ण रूपमा प्रतीक्षा गरिरहेको र ५ बजेभित्र मतदान केन्द्र प्रवेश गर्ने सबैले भोट हाल्न पाउने व्यवस्था मिलाइएको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ