प्रहरी देखेपछि चालक फरार, खानतलासी गर्दा दुई सय १३ किलो गाँजा बरामद
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २६ मंगलबार
727
Shares
काठमाडौँ । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ स्थित पशुबजार नजिकबाट प्रहरीले सोमबार करिब २१३ किलो गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको अवैध लागूऔषध फेला पारेको हो।
सुपौली बजारबाट जगरनाथपुरतर्फ आउँदै गरेको मे.१ त ५७१४ नम्बरको ट्याक्टरलाई शङ्का लागेर रोक्न खोज्दा प्रहरीलाई देख्नासाथ चालक ट्याक्टर छाडेर फरार भएका थिए। प्रहरीले बेवारिसे अवस्थामा रहेको उक्त ट्याक्टरको खानतलासी गर्दा २२ वटा प्लाष्टिकको पोकामा लुकाएर राखिएको २१३ किलो गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीले गाँजासहित ट्याक्टर नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ। हाल फरार रहेका ट्याक्टर चालकको खोजी कार्य तीव्र पारिएको र यस घटनामा अन्य व्यक्तिहरूको संलग्नताबारे पनि खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।