arrow

नेपाल डब्ल्यूटीओको व्यापार तथा वातावरण समितिको अध्यक्षमा सर्वसम्मत चयन 

 डब्ल्युटीओमा स्थायी प्रतिनिधि सुवेदीले सम्हाल्नेछन् कमान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २९ शुक्रबार
wto.jpg

काठमाडौँ । नेपाल विश्व व्यापार संगठन (डब्ल्यूटीओ) को व्यापार तथा वातावरण समितिको अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएको छ। जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार यही फागुन २७ गते बसेको महासभा बैठकले नेपाललाई एक वर्षे कार्यकालका लागि यो जिम्मेवारी सुम्पिएको हो।

यो समितिले विशेष गरी सदस्य राष्ट्रहरूबीच व्यापार नीतिले वातावरणमा पार्ने प्रभाव र वातावरणीय नियमहरूले विश्व व्यापारमा पार्ने असरका साथै जलवायु परिवर्तनसँग जोडिएका व्यापारिक मुद्दाहरूमा छलफल गर्ने गर्दछ। संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीले यस समितिमा मुलुकको तर्फबाट नेतृत्व गर्नेछन्।


अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने प्रक्रियामा रहेको नेपालका लागि यो भूमिका निकै महत्त्वपूर्ण मानिएको छ। यस अवसरले डब्ल्युटीओका सदस्य राष्ट्रहरूसँग निकट रहेर सहकार्य गर्न र नेपालको व्यापारलाई विश्वव्यापी बजारमा थप प्रभावकारी रूपमा एकीकृत गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ