arrow

अनिश्चित बन्यो सडक विभागको भवन पुनःनिर्माण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३ मंगलबार
yatatat-bibag.jpg

काठमाडौँ। गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा आगजनीपछि क्षतिग्रस्त भएको बबरमलस्थित सडक विभागको ऐतिहासिक भवन पुनःनिर्माण अनिश्चित बनेको छ ।

आन्दोलनका क्रममा, संघीय संसद भवन, सिंहदरवार, सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत, विशेष अदालत, शीतल निवासलगायतका संरचनामा आगजनी भएको थियो ।

राणाकालीन ऐतिहासिक र पुरातात्विक महत्व बोकेका कतिपय भवन पूर्ण रुपमा क्षतविक्षत छन् ।

तर पुनःनिर्माणको कुनै तयारी भइसकेको छैन् ।

सडक विभागको भवनका सन्दर्भमा सरकारले क्षतिको विवरण संकलन गरे पनि पुनःनिर्माणको अनुमानित लागतको कुनै पनि तथ्यांक निकालिनसकेको विभागका सहायक प्रवक्ता ई.शुभाञ्जन दाहालले जानकारी दिए ।

विभागको सामान्य कामबाहेक अन्य काम चाकुपाटबाट भइरहेको र अबको छ महिनाभित्र मीन भवनस्थित नयाँ भवनमा सर्ने उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ