arrow

प्रतिनिधि सभा बैठक जारी [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २५ बुधबार

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाको अहिले सिंहदरबारमा बसिरहेको छ । बैठकमा सांसदहरूले समसामयिक विषयमा भनाइ राखिरहेका छन् । 

आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र साह बालेनले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गर्ने कार्यसूची रहेको छ । 

त्यसअघि सोही विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव दिनमा गर्ने सम्भावित कार्यसूची छ ।  

सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर सुनाउने कार्यक्रम छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ