arrow

अवैध खानी र क्रसर उद्योगमाथि कडाइ गर्न सांसद भण्डारीको माग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २५ बुधबार
badan-bhandari-25-12.jpg

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बदन भण्डारीले अवैध खानी तथा क्रसर उद्योगमाथि कडाइ गर्न सरकारलाई आग्रह गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले गृहमन्त्री सुधन गुरुङले हालै काभ्रे पुगेर अवैध खानी र क्रसर बन्द गर्न दिएको निर्देशनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘हिजो भर्खर गृहमन्त्री काभ्रे गएर अवैध खानी र क्रसरहरुलाई बन्द गर्न निर्देशन दिए। यसलाई सम्बन्धित निकायहरूले कडाइका साथ कार्यान्वयन गर्न आवश्यक छ । त्यसका लागि म जोडदार रुपमा आग्रह गर्दछु ।’

त्यसैगरी, खानी तथा खनिज उद्योग सञ्चालनका लागि अनुमति दिने विभिन्न विभाग, कार्यालय र स्थानीय तहहरू जिम्मेवार रहेको उल्लेख गर्दै उनले सबै निकायले आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताए ।

उनले समयसापेक्ष अनुगमन, नियमन तथा नियन्त्रणलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘विभिन्न खानी र खनिज उद्योग सञ्चालन गर्न अनुमति प्रदान गर्न विभिन्न विभाग, कार्यलय तथा पालिकाहरू जिम्मेवार रहेकोले हरेक जिम्मेवार निकाय आ-आफ्नो जिम्मेवारी वहन गरी समय सापेक्ष अनुगमन एवं नियमन तथा नियन्त्रण गर्न यो सदन मार्फत जोडदार माग गर्दछु,’ उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ