arrow

संसदीय सुनुवाइ समिति गठनको प्रस्ताव पारित: १२ सदस्यको नाम टुङ्गो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २७ शुक्रबार
parliament-12-27.PNG

काठमाडौँ ।  प्रतिनिधिसभाको बैठकले संसदीय सुनुवाइ समिति गठनको प्रस्तावलाई बहुमतले पारित गरेको छ। शुक्रबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको समिति गठनको प्रस्तावलाई सभाले स्वीकृत गरेको हो।

नवगठित समितिमा अर्जुननरसिंह केसी, कविन्द्र बुर्लाकोटी, गजला समिम मिकरानी, चन्दन कुमार सिंह, पद्मा कुमारी अर्याल, बोध नारायण श्रेष्ठ, भिष्मराज आङ्देम्बे, मधु चौलागाईं, रञ्जु दर्शना, राजीब खत्री, डा. लेखजंग कार्की र वर्षमान पुन रहेका छन्। 

संसदीय सुनुवाइ समितिले संवैधानिक निकायका प्रमुख, पदाधिकारी र राजदूतहरूको नियुक्तिपूर्व सुनुवाइ गर्ने महत्त्वपूर्ण जिम्मेवारी पाउनेछ। सरकार र संसद्बीचको समन्वय र नियुक्तिका प्रक्रियालाई पारदर्शी बनाउन यो समितिको भूमिका प्रभावशाली रहने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ