arrow

युनिटी लाइफका सञ्चालक केसी र राजस्व चुहावटका दोषी महतो पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २७ शुक्रबार
cib-final.jpeg

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी मुद्दामा फरार रहेका युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक महेन्द्र केसीलाई आज पक्राउ गरेको छ। ब्यूरोको टोलीले उनलाई सामाखुसी क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

सर्वोच्च अदालतले २०८२ वैशाख २ गते केसीलाई ठगी मुद्दामा दोषी ठहर गर्दै २५ हजार रुपैयाँ जरिवाना र दुई वर्ष छ महिना कैद सजाय सुनाएको थियो। उक्त फैसलापछि उनी फरार रहँदै आएका थिए।

यसैगरी, ब्यूरोले आजै राजस्व चुहावट मुद्दाका अर्का फरार प्रतिवादी प्रवीणकुमार महतोलाई पनि कुलेश्वरबाट पक्राउ गरेको छ। अङ्कुश सप्लायर्स एण्ड ट्रेडर्सका प्रोपाइटर ३१ वर्षीय महतोलाई उच्च अदालत पाटनले ४ करोड ४४ लाख ८७ हजार ९५७ रुपैयाँ जरिवाना र एक वर्ष कैद सजाय सुनाएको थियो।

पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा उपस्थित गराइएको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए। लामो समयदेखि फरार रहेका अपराधीहरूलाई समातेर कानुनी दायरामा ल्याउने ब्यूरोको सक्रियताले फैसला कार्यान्वयनमा टेवा पुग्ने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ