एकीकृत कामले दुई वर्षमै विकास र सुशासन सम्भव : सभामुख अर्याल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
333
Shares
काठमाडौँ । डोलप्रसाद अर्यालले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले एउटै स्पिरिटमा काम गर्न सके मुलुकले छोटो समयमा ठूलो फड्को मार्न सक्ने बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले मुलुकको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार क्षेत्रलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
अर्यालले सरकार र संसदबीचको समन्वयलाई तीव्र बनाउने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीको गतिअनुसार कानून निर्माण प्रक्रिया अघि बढाउने दाबी गरे।
उनले आफ्नो कार्यकाल कानून निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित रहने स्पष्ट पारे।
उनले कानून निर्माणदेखि भौतिक विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई समन्वय गर्दै अघि बढाउन आवश्यक रहेको उल्लेख गरे।
सबै पक्षको साथ, सहयोग र समर्थन रहेमा छोटो समयमा ठूलो उपलब्धि हासिल गर्न सकिने उनको भनाइ छ।
उनका अनुसार प्रधानमन्त्रीको गतिमा नै कानून निर्माण प्रक्रिया अघि बढाइनेछ।
साथै, तीनै अंग-कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले एउटै भावना र उद्देश्यका साथ काम गरेमा दुई वर्षभित्रै मुलुकमा उल्लेखनीय विकास, सुशासन र भ्रष्टाचार अन्त्य सम्भव हुने दाबी गरे।
देश र नागरिकले जित्नेगरी आगामी पाँच वर्ष मुलुकलाई अघि बढाउनुपर्नेमा उनले जोड दिए।