arrow

भ्रष्टाचार आरोपी सांसदलाई उन्मुक्ति दिन खोजिएको भन्दै कांग्रेसको आपत्ति [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २८ सोमबार
niskal-rai-28-01.jpg

काठमाडौँ । नेपाली कांग्रेसले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा आरोपित सांसदलाई निलम्बन नगर्ने व्यवस्था गरिएको भन्दै प्रतिनिधिसभा नियमावली-२०८३ को मस्यौदाप्रति आपत्ति जनाएको छ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सचेतक राई ले मस्यौदाको नियम २४७(३) प्रचलित कानूनसँग बाझिएको भन्दै त्यसलाई मस्यौदा समितिमै फिर्ता पठाउन माग गरे।

मस्यौदाअनुसार तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुने फौजदारी मुद्दामा सांसद थुनामा रहेमा मात्रै निलम्बन हुने व्यवस्था गरिएको छ। कांग्रेसले यो प्रावधानले भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिन खोजिएको आरोप लगाएको छ।

समिति सदस्यसमेत रहेका सचेतक राईले आफूले समितिमा फरक मत राखे पनि सरकार पक्षले नसुनेको बताए।

उनले संसद् संविधान र कानूनभन्दा माथि हुन नसक्ने उल्लेख गर्दै विवादित प्रावधानहरू भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी कानूनी व्यवस्थासँग बाझिएको दाबी गरे।

उनले लोकतन्त्रको मर्म र विधिको शासनविपरीत हुने गरी नियमावली ल्याउन नहुने भन्दै मस्यौदा पुनः समितिमा पठाउनुपर्ने माग गरे।

यता सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ले प्रतिनिधिसभाबाट बन्ने पहिलो कानूनमै पार्टी सभापति रवि लामिछाने अनुकूल हुने गरी नियमावली ल्याउन खोजिएको आरोप विपक्षीले लगाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ