arrow

चिया निर्यातको अवरोध हटाउन भारतसँग कूटनीतिक पहल गर्न माग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३० बुधबार
suhang-nembang-30-01.jpg

काठमाडौँ । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन तत्काल भारत सरकारसँग कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले टि बोर्ड अफ इन्डियाको पछिल्लो नीतिका कारण नेपाली चिया निर्यात ठप्प बनेको बताए । यसबाट किसान, श्रमिक, उद्योगी, निर्यातकर्ता र समग्र अर्थतन्त्र प्रभावित भएको उनको भनाइ थियो ।

‘टि बोर्ड अफ इन्डियाको पछिल्लो नीतिले चिया निर्यात ठप्प हुन पुगेको छ । यसले किसान, श्रमिक, उद्योगी, निर्यातकर्ता र देशको अर्थतन्त्रलाई प्रत्यक्ष असर पारिरहेको छ,’ उनले भने, ‘भारत सरकारसँग तत्काल कूटनीतिक पहल गरियोस्, चिया निर्यातको अवरोध समाधान गरियोस् र चिया उद्योगी तथा किसानको संरक्षणका लागि ठोस नीति बनाइयोस् ।’

सांसद नेम्वाङले नेपालको चिया क्षेत्र ग्रामीण अर्थतन्त्र, रोजगारी, निर्यात र अन्तर्राष्ट्रिय पहिचानसँग गहिरो रूपमा जोडिएको पनि बताए ।

उनले विसं १९२० मा इलामबाट शुरू भएको चिया खेती अहिले देशको महत्वपूर्ण आर्थिक आधार बनेको उल्लेख गरे ।

‘विसं १९२० मा इलामबाट शुरू भएको चिया खेती आज नेपालको ग्रामीण अर्थतन्त्र, रोजगारी, निर्यात र अन्तर्राष्ट्रिय पहिचानसँग जोडिएको महत्वपूर्ण क्षेत्र बनेको छ,’ उनले भने ।

उनका अनुसार १५ हजारभन्दा बढी किसान र ६० हजारभन्दा बढी श्रमिकको जीविकोपार्जन चिया उद्योगसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ ।

आर्थिक वर्ष २०८१/८२ मा मात्रै नेपालबाट करिब ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ