arrow

सरकारको विरोधमा संसद्‌भित्रै पर्चा प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
parcha-pardarsan.jpg

काठमाडौँ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दल श्रम संस्कृति पार्टीले प्रधानमन्त्री र सरकारको विरोधमा संसद्‌भित्रै पर्चा प्रदर्शन गरेको छ। 

बैठकको कारबाही सुरु भएलगत्तै सो पार्टीका सांसदहरू वेलमा पुगेर सभामुख डोलप्रसाद अर्यालतर्फ फर्किएर पर्चा देखाउँदै विरोधमा उत्रिएका थिए।

विपक्षी दलले "प्रधानमन्त्री संसद्‌प्रति जवाफदेही बन्नैपर्छ", "प्रश्नदेखि भाग्न पाइँदैन", र "जनमतलाई सम्मान गर" जस्ता नाराहरू लेखिएका पर्चा देखाएर विरोध जनाएको हो।

सांसदहरूले वेल घेराउ गर्दै सभामुखकै अगाडि पर्चा प्रदर्शन गरेपछि सभामुख डोलप्रसाद अर्यालले सदनमा विरोध गर्दा मर्यादापूर्वक तरिकाले गर्न आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ