अर्थमन्त्री वाग्ले उपस्थित भएपछि प्रतिनिधि सभा बैठक पुनः शुरू [लाइभ]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ५ मंगलबार
441
Shares
काठमाडौँ । प्रि-बजेट छलफलका क्रममा अनुपस्थित रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संसद् भवन पुगेपछि प्रतिनिधि सभाको बैठक पुनः शुरू भएको छ।
यसअघि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री उपस्थित नभएको भन्दै सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले संसद्मा तीव्र विरोध जनाएका थिए।
सांसद राजेन्द्रकुमार राईले रोस्ट्रममै उत्रिएर विरोध गरेपछि र सांसद डा. अमरेशकुमार सिंह लगायतले संसदीय मर्यादा विपरीत मन्त्री गायब भएको भन्दै आपत्ति जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।
संसद् अवरुद्ध भएलगत्तै अर्थमन्त्री डा. वाग्ले संसद् बैठकमा उपस्थित भएका हुन्। उनी हलमा प्रवेश गरेर आफ्नो सिटमा बसेपछि सभामुख अर्यालले बैठकको कारबाही पुनः अगाडि बढाएका छन्।
अहिले प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको प्रि-बजेटमाथिको छलफलले निरन्तरता पाएको छ भने सांसदहरूले उठाएका प्रश्नको आजै अर्थमन्त्री वाग्लेले जवाफ दिने कार्यसूची रहेको छ।