arrow

प्रतिनिधि सभामा दुई ओटा विधेयक दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ६ बुधबार
sobita-06.jpg

काठमाडौं । प्रतिनिधि सभामा दुई ओटा विधेयक दर्ता भएका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा को बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र साह बालेनको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले विधेयक दर्ता गरेकी छन् ।

प्रधानमन्त्री साहले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता गरेका हुन् ।

प्रधानमन्त्रीको हैसियतमा प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक र गृहमन्त्रीको हैसियतमा मतदाता नामावली (पहिलो संशोधन) विधेयक दर्ता गराएका हुन् ।

प्रधानमन्त्रीको तर्फबाट कानुन मन्त्री गौतमले विधेयक प्रस्तुत गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ