प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री साह [लाइभ]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १७ आइतबार
558
Shares
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह 'बालेन' ले प्रतिनिधि सभाको बैठकमा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन थालेका छन्।
संसद् बैठक सुरु भएसँगै प्रतिनिधि सभाको रोष्टममा पुगेर उनले सांसदहरूका जिज्ञासा र प्रश्नको उत्तर दिन थालेका हुन्।
अहिले बैठकमा विशेष गरी विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री साहलाई विभिन्न समसामयिक र जनसरोकारका विषयमा प्रश्न सोधिरहेका छन् भने प्रधानमन्त्रीले ती प्रश्नहरूको पालैपालो जवाफ दिइरहेका छन्।
यसअघि विपक्षी दलका सांसदहरूले प्रक्रियागत त्रुटि भएको भन्दै नियमापत्ति जनाए पनि सभामुखले नियमावली उल्लङ्घन नभएको स्पष्ट पारेपछि प्रश्नोत्तर कार्यक्रमले निरन्तरता पाएको हो।