काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएर पुनः शुरु भएको छ। प्रतिनिधिसभाको नयाँ नियमावलीका सम्बन्धमा विपक्षी दलहरूले थप छलफलको माग गरे तापनि सभामुख डोलप्रसाद अर्यालले पारित गर्ने प्रक्रिया अगाडि बढाउन खोजेपछि सदनमा तनाव उत्पन्न भएको हो।
सभामुखले विधेयक पारित गर्ने प्रक्रिया अघि बढाउनासाथ विपक्षी सांसदहरू नाराबाजी गर्दै रोस्ट्रम घेर्न पुगेका थिए। विपक्षीहरूको तीव्र विरोध र घेराउका बावजुद पनि सभामुखले बैठकलाई निरन्तर सञ्चालन गरेका थिए।
तनावपूर्ण स्थितिबीच रास्वपाका सांसद अशोक चौधरी सिटमाथि चढेर विपक्षी सांसदहरूमाथि जाइलाग्न खोजेका थिए। तर, स्थिति थप बिग्रन नदिन सत्तापक्षकै अन्य सांसदहरूले उनलाई समातेर रोके।
सभामुख अर्यालले सदनमा पटक-पटक सभाको मर्यादा कायम राख्न निर्देशन दिएका थिए। विपक्षी सांसदहरूको विरोध र नाराबाजी जारी रहेकै अवस्थामा पनि सभामुखले आजै सो विधेयक पारित गर्ने तयारीका साथ प्रक्रियालाई अगाडि बढाउन खोजेका छन्।