इत्तेहाद स्टेडियम । म्यानचेष्टर सिटी इङलिश प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा पुग्नबाट चुकेको छ । बुधबार राति घरेलु मैदानमा इत्तेहाद स्टेडियममा खेलेको म्यानचेष्टरले सिटी डर्बीमा स्टोक सिटीसंग गोलरहित बराबरी खेलेको हो ।
५४ हजार दर्शक सामु खेलेको म्यानचेष्टर सिटीले खेलमा कुनै मेहनत नै नगरेको जस्तो देखियो । रेफ्री नेल स्वारब्रिकले पनि धेरै मेहनत गर्नु परेन । नेलले चार वटा पहेंलोकार्ड भने देखाए ।
यो बराबरीले भने पेप ग्वार्डिओलाको टिम म्यानचेष्टर सिटी उपाधि दावेदारीबाट लगभग टाढिंदै गएको विश्लेषण हन थालेको छ । यो खेल जितेको भए सिटीले दोस्रो स्थानमा आफूलाई खडा गर्नेमात्र थिएन शीर्ष स्थानको चेल्सीसंग अंक दूरीसमेत कम गर्ने थियो ।
२७ खेलबाट ६६ अंकको चेल्सी शीर्ष स्थानमा छ भने समान ५६ अंकबाट टोटनह्याम हट्सपर दोस्रो तथा म्यानचेष्टर सिटी तेस्रो स्थानमा छ । चौथो स्थानको लिभरपुलको ५२ अंक छ । मिडिल्सब्रो, हल सिटी र सन्डरल्याण्ड रेलिगेशन क्षेत्रमा छन् ।