arrow

परिस्थितिले जुराएको संयोग [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १४ आइतबार
communist-leaders-83-3-14 (114).jpeg

काठमाडौँ । नेपालका कम्युनिष्ट दलहरूलाई बहुदलपछि पहिलो पटक जनमतले सबैभन्दा कमजोर अवस्थामा पुर्याएपछि परिस्थितिले फरक धारमा हिँडेका नेताहरूलाई एकैठाउँमा भेला पारेको छ । 

करिब दुई-तिहाई सिटसहित वैकल्पिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उन्माद केही समय चल्ने र आफूहरूको कहीँ पनि पहुँच नहुने लगभग निश्चित भएपछि टक्कर दिनका लागि भन्दै शिथिल कम्युनिष्ट पार्टीहरू एक हुने स्थिति बनेको हो । 

सकिने कि सच्चिने भनी बारम्बार जनताले प्रश्न गरिरहँदा कम्युनिष्ट दलहरू नसच्चिने बरु सक्किने नीति लिएपछि अहिले संसदमा निकै सीमित हुनु परेको छ । यही गतिले आगामी स्थानीय तहको निर्वाचनमा समेत पत्तासाफ हुने चिन्ताले नेताहरू एक ढिक्का हुन लागेका छन् । 

यसै रणनीति अन्तर्गत विगतमा तीव्र मतभेदका कारण विभाजित भएका शीर्ष कम्युनिष्ट नेताहरू ६ वर्षपछि पहिलो पटक एउटै मञ्चमा देखिएका छन् । शक्तिमा हुँदा आपसमा हदैसम्मको क्रुर व्यवहार र घृणित शब्दहरूको भेल बगाउन तम्सने नेताहरू आइतबार पहिलो पटक बाध्य भएर एकै ठाउँमा उभिएर एक ढिक्का हुनुपर्ने सन्देश दिएका हुन् । 

तत्कालीन नेकपा (एमाले) का महासचिव तथा ‘जनताको बहुदलीय जनवाद’ (जबज) का प्रवर्तक जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्तीको अवसर पारेर कम्युनिष्ट शक्तिहरू एकै ठाउँमा उभिएका हुन् । विगतमा शक्तिशाली रहेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको व्यक्तिगत अहम् र शक्ति सङ्घर्षका कारण पार्टी दुई-तीन टुक्रामा विभाजित भएको थियो। 

जेन-जी आन्दोलनपछि अहिले संसद् र सत्तामा रास्वपाको बलियो दबाब छ। त्यही दबाबलाई चिर्न र संसद्मा रास्वपाको दुई-तिहाई शक्तिको काउन्टर गर्न कम्युनिष्टहरू फेरि सहकार्य र ध्रुवीकरणको प्रक्रियामा आउन बाध्य भएका हुन् ।

छरिएर रहेका यी शीर्ष कम्युनिष्ट नेताहरूलाई आपसी असमझदारी बिर्साएर एउटै मञ्चमा ल्याउन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुख्य मध्यस्थकर्ता (घोल हाल्ने काम) को भूमिका खेलेकी छिन्। मदन भण्डारी फाउन्डेसनले काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजना गरेको विशेष विमर्श कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी मुख्य अतिथिका रूपमा उपस्थित भइन् ।

कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू सहभागी भएका छन् ।

तत्कालीन नेकपाका यी प्रभावशाली नेताहरूले मञ्चबाटै वर्तमान राजनीतिक चुनौती र कम्युनिष्ट एकताको आवश्यकताका विषयमा संयुक्त बहस गरेका छन् । 

प्रचण्ड बाहेक कुनै पनि नेताले प्रतिनिधि सभाको निर्वाचन जित्न नसकेको अवस्थामा हुने भनिएको एकताले झिनो आशा बढाउने आशा गरिएको छ । यसअघि विद्यादेवीलाई नै नेतृत्व सुम्पेर आफूहरूले अभिभावकको भूमिका निर्वाह गर्ने चर्चा चले पनि मैमत्त देखिएका नेताहरू यसपालि विकल्प नै नदेखेपछि एकै ठाउँमा भेला भएको बताइएको छ । 

यो गठजोड कहाँसम्म पुग्ने हो त्यो भने हेर्न बाँकी नै छ । 

communist-leaders-83-3-14 (1).jpeg
communist-leaders-83-3-14 (2).jpeg
communist-leaders-83-3-14 (3).jpeg
communist-leaders-83-3-14 (4).jpeg
communist-leaders-83-3-14 (5).jpeg
communist-leaders-83-3-14 (6).jpeg
communist-leaders-83-3-14 (7).jpeg
communist-leaders-83-3-14 (8).jpeg
communist-leaders-83-3-14 (9).jpeg
communist-leaders-83-3-14 (10).jpeg
communist-leaders-83-3-14 (11).jpeg
communist-leaders-83-3-14 (12).jpeg
communist-leaders-83-3-14 (13).jpeg
communist-leaders-83-3-14 (14).jpeg
communist-leaders-83-3-14 (15).jpeg
communist-leaders-83-3-14 (16).jpeg
communist-leaders-83-3-14 (17).jpeg
communist-leaders-83-3-14 (18).jpeg
communist-leaders-83-3-14 (19).jpeg
communist-leaders-83-3-14 (20).jpeg
communist-leaders-83-3-14 (21).jpeg
communist-leaders-83-3-14 (22).jpeg
communist-leaders-83-3-14 (23).jpeg
communist-leaders-83-3-14 (24).jpeg
communist-leaders-83-3-14 (25).jpeg
communist-leaders-83-3-14 (26).jpeg
communist-leaders-83-3-14 (27).jpeg
communist-leaders-83-3-14 (28).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ