arrow

कम्युनिष्ट दस्तावेज

ध्रुवीकरणबीच सकियो एमालेको नवौं महाधिवेशन, ओली–नेपालबीच आरोप प्रत्यारोप 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ८ बुधबार
ncp-uml-9th-general-convention.jpg

नेकपा एमालेको आठौ राष्ट्रिय महाधिवेशन २०६५ फागुन ५ देखि १४ सम्म बुटवलमा सम्पन्न भएपछि अध्यक्षमा निर्वाचित झलनाथ खनाल र पराजित केपी शर्मा ओली दुवैले पार्टीभित्रको विवाद र गुटबन्दीलाई बुटवलको तिनाउ नदीमा फालेको भन्दै अंकमाल गरेका थिए । तर काठमाडौ नआइपुग्दै केपी ओलीले निर्वाचित अध्यक्षको आलोचना शुरु गरे । 

केन्द्रीय कमिटीलाई पूर्णता नदिने, स्थायी कमिटी बन्न नदिने र बैठकमा असहयोग गर्न थाले । खनालले ओली पक्षका केही नेताहरुलाई मनोनयन गरेपछि मात्रै केन्द्रीय कमिटीमा सहभागी भएका ओलीले पार्टीभित्र सधै प्रतिपक्षीको व्यवहारमा उत्रिए । २०६४ सालको संविधान निर्वाचनमा पराजित भएका ओलीले त्यतिबेला पार्टीभित्र माओवादीप्रति नरम राख्ने नेताहरुलाई गाली गर्ने र माओवादीप्रति आक्रामक हुने नीति लिए ।

आठौ महाधिवेशनपछि नै एमालेका पार्टी अध्यक्ष झलनाथ खनाल र माधवकुमार नेपाल प्रधानमन्त्री भए । माधव नेपाल प्रधानमन्त्री भएको बेला नेपालको शान्ति प्रकृयाले पूर्णता पायो । त्यो एमालेका लागि निकै उपयोगी भयो । त्यसपछि खनाल प्रधानमन्त्री भए । खनाल प्रधानमन्त्रीमा र्निाचित भएको एक महिनापछि नै पार्टीका नेता केपी शर्मा ओलीले सरकारको विरोध गर्न थाले । 

पार्टीभित्र दुई नेताहरुबीच विवाद चर्कदै गयो । ओली आफ्नो गुट विस्तारमा लागिरहे । यही क्रममा संविधान सभाको दोस्रो निर्वाचन भयो । संविधान सभाको दोस्रो निर्वाचनमा बेला टिकट वितरणमा पार्टीभित्र ठूलो लफडा भयो । ओली पक्षले लफडा गरेपछि खनालले ओली समूहका झण्डै ४० प्रतिशत नेताहरुलाई टिकट वितरण गरे । त्यसपछि ओली झन् शक्तिशाली बन्दै गए । 

यही समयमा पार्टीभित्र विद्यादेवी भण्डारीले पनि छुट्टै गुट चलाउन थालिन् । भण्डारीले गुट चलाउन थालेपछि माधव नेपाल पार्टीभित्र क्रियाशील हुँदै गए । अध्यक्ष खनाल भए पनि पार्टीभित्र माधव नेपाल हावी हुन थाले । एकातर्फ केपी ओलीको गुट बलियो हुँदै गयो अर्कोतर्फ माधव नेपाल पार्टीभित्र हावी हुँदै गए । यसले नवौ महाधिवेशनमा केपी ओली र माधव नेपालको प्रतिस्पर्धा हुने निश्चित जस्तै देखियो । 

महाधिवेशनमा प्यानलकै तैयारी भएकाले नेता र कार्यकर्ताहरू अधिकांश विभाजित भएका थिए । को कुन समूहमा छन् भन्ने कुरा प्रष्ट भएको थियो ।  अध्यक्ष झलनाथ खनालले भने आफ्नो संलग्नता कतै देखाएका थिएनन् । यो महाधिवेशनमा पार्टीभित्र चर्को धु्रवीकरण भएकोमा कतिपयले नराम्रो मानेका थिए भने केहीले लोकतान्त्रिक अभ्यासको परिणाम भनी स्वभाविक भन्ने गरेका थिए । 

चुनाव भनेको निश्चय नै लोकतान्त्रिक अभ्यास हो । पार्टीले हिजो पनि त्यो अभ्यास गरेको थियो अब पनि हुनुपर्छ भन्ने मान्यता पार्टीका समर्थक विश्लेषकहरुको दावी थियो । एमाले सिद्धान्तको हिसाबले कम्युनिष्ट पार्टी हो । त्यसले जनताको बहुदलीय जनवादको नीति अख्तियार गर्दादेखि लोकतान्त्रिक अभ्यास गर्न खोजिरहेको छ । त्यसले कहिलेकाहीँ आफूलाई कांग्रेसभन्दा बढी लोकतान्त्रिक पनि भन्ने गर्दछ । 

तर नवौं महाधिवेशनसम्म आइपुग्दा आलोचकहरूले त्यसलाई अस्थिर पनि भन्ने गरेका थिए । एमाले नेपाली कांग्रेस र माओवादी पार्टीको बीचतिर छ । कम्युनिष्ट विचारभन्दा लोकतान्त्रिक र त्यसको झुकाउ बढी छ । त्यसो त माओवादी आफैं पनि चाहेर या नचाहेर लोकतान्त्रिक धारमा आइरहेको थियो । तैपनि त्यसको बोलीमा उग्र शब्द हराएको थिएन । त्यसले गर्दा  एमाले व्यवहारवादी पार्टी भएको देखाउन चाहन्थ्यो । 

कांग्रेस र माओवादी नमिलेको बेला फाइदा पनि उठाउने गरेको थियो ।  पहिलो संविधानसभामा तेस्रो पार्टी भएर पनि दुईपटक सत्ताको नेतृत्व गरेको थियो । कांग्रेसको समर्थनमा माधव नेपाल र माओवादीको समर्थनमा झलनाथ खनाल प्रधानमन्त्री भएका थिए । संविधान सभाको दोस्रो चुनावमा एमाले पार्टी दोस्रो भएको थियो । र सरकारमा सम्मानजनक सिट लिएर बसेको थियो । त्यस्तो महत्वपूर्ण पार्टी नवौ महाधिवेशनमार्फत थप लोकतान्त्रिक बन्ने अपेक्षा अन्य दलहरुले गरेका बेला महाधिवेशनमा होमिएको थियो । 

महाधिवेशनको पूर्वसन्ध्यामा भएका विभिन्न कार्यक्रमहरुले पार्टीभित्र दुई लाइन संघर्ष प्रष्ट देखिएको थियो । एमालेको नवौं महाधिवेशन मूलतः विचार प्रधान हुन सकेन, नेतृत्वप्रधान मात्रै रह्यो । आठौं महाधिवेशनमा झलनाथ खनालतिर लागेका पूर्व मालेका युवा नेताहरु माधव नेपालतिर लागे । तर वामदेव गौतम भने ओलीतिर लागे । समीकरण निकै अनौठो तरीकाले बदलियो । अन्ततः २०७१ असार १९ गते नवौं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन भयो । १९ गते उद्घाटन भएको साउन १ मा मात्रै समापन भएको थियो १२ दिन लामो भएको थियो । ६ दिनमा सकिने भनिएको महाधिवशेन अर्को ६ दिन लम्बिएको थियो । 

महाधिवेशन अघि ओली–नेपालबीच व्यक्तिगत रुपमै आरोप प्रत्यारोप चलेको थियो । महाधिवेशनका बेला सरकारमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमको भूमिकालाई लिएर पार्टीभित्र ठूलो बहस भएको थियो । महाधिवेशनपछि कूल ११५ पूर्ण केन्द्रीय सदस्यमा ओली पक्षका ६७ जना र नेपाल पक्षका ४४ जना विजयी भएका थिए । मत परिणाम अनुसार पदाधिकारीमा दुवै प्यानलको लगभग बराबर प्रतिनिधित्व भए पनि केन्द्रीय समितिमा ओली प्यानलको बहुमत थियो । 

नवौं महाधिवेशनबाट अध्यक्षमा ओली विजयी भए । प्रतिस्पर्धी माधवकुमार नेपालभन्दा ४४ मत बढी ल्याएर ओली विजयी भएका थिए । ओलीले एक हजार ४७ र नेपालले एक हजार तीन मत पाए ।  त्यसैगरी उपाध्यक्षमा भीमबहादुर रावल एक हजार एक सय ४३, वामदेव गौतम एक हजार एक सय २४, विद्यादेवी भण्डारी एक हजार एक सय, युवराज ज्ञवाली एक हजार ६२ र अष्टलक्ष्मी शाक्य एक हजार ४७ मत ल्याएर विजयी भए । 

महासचिवका उम्मेदवार ईश्वर पोखरेल एक हजार ३६ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी सुरेन्द्रप्रसाद पाण्डेले एक हजार ३० मत पाए । उपमहासचिवमा घनश्याम भुषाल एक हजार ९७ र विष्णुप्रसाद पौडेल एक हजार ८२ मत ल्याई विजयी भए ।
 
सचिवमा गोकर्णराज विष्ट एक हजार दुई सय ७०, प्रदीपकुमार ज्ञवाली एक हजार एक सय ५५, योगेश भट्टराई एक हजार ८५, भीमप्रसाद आचार्य एक हजार ३५ र  पृथ्वी सुब्बा गुरुङ एक हजार २९ मत  ल्याएर विजयी भए । चौध पदाधिकारीमा अध्यक्ष ओली र प्रतिस्पर्धी नेपालका दुवै पक्षमा सात सात जना विजयी भएका थिए ।  

एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय कमिटीको विवरण यस्तो थियो – 
पदाधिकारी
अध्यक्षः केपी शर्मा ओली
उपाध्यक्षः वामदेव गौतम
उपाध्यक्षः विद्या भण्डारी
उपाध्यक्षः भीमबहादुर रावल
उपाध्यक्षः अष्टलक्ष्मी शाक्य
उपाध्यक्षः युवराज ज्ञवाली
महासचिवः ईश्वर पोखरेल
उपमहासचिवः विष्णुप्रसाद पौडेल
उपमहासचिवः घनश्याम भुषाल
सचिवः प्रदीप ज्ञवाली
सचिवः गोकर्ण विष्ट
सचिवः पृथ्वी सुब्बा गुरुङ
सचिवः योगेश भट्टराई
सचिवः भीम आचार्य

खुला पूर्ण सदस्य

नेपाल प्यानल
माधवकुमार नेपाल ११११
सुरेन्द्र पाण्डे १०९४
राजेन्द्र पाण्डे १०८५
लालबाबु पण्डित १०७०
प्रकाश ज्वाला १०५८
टंक कार्की १०५५
ठाकुर गैरे १०९५४
विजय पौडेल १०४९
अरुण नेपाल १०४७
पर्शुराम मेघी गुरुङ १०३९
वेदुराम भुसाल १०३४
रघुजी पन्त १०२७
गंगाधर तुलाधर १०१६
तुलबहादुर गुरुङ १००३
नागेन्द्र चौधरी ९९२
सोमप्रसाद पाण्डे ९८७
युवराज कार्की ९९१
राजेन्द्र राई १०३७
ओली प्यानल
रवीन्द्र अधिकारी १०७८
शंकर पोखरेल १०२६
छविलाल विश्वकर्मा १०१८
प्रदीप नेपाल १०२५
रामनाथ ढकाल १०१३
सूर्य थापा १०१३
अग्नि खरेल १०१३
किरण गुरुङ १०१४
काशीनाथ अधिकारी १००९
बिन्दा पाण्डे १००६
महेन्द्र पाण्डे १००६
भानुभक्त ढकाल १००१
मुकुन्द न्यौपाने ९९५
दामोदर भण्डारी ९९८
विष्णु रिमाल ९९६
राजन भट्टराई ९८९
गोपाल शाक्य ९८५

खुला वैकल्पिक

नेपाल प्यानल
शेरबहादुर केसी
राजबहादुर बूढा
सोभियत ढकाल
प्रकाश शाह
राजन राई
ओली प्यानल
किशोर अधिकारी
माधव ढुंगेल

अञ्चल पूर्ण सदस्य

नेपाल प्यानल
जीवन घिमिरे –कोशी
जगन्नथाथ खतिवडा – सगरमाथा
लक्ष्मण पौडेल – जनकपुर
विरोध खतिवडा – नारायणी
पशुपति चौलागाईं– वाग्मती
जीवनराम श्रेष्ठ– उपत्यका

ओली प्यानल
हिक्मत कार्की – मेची
लिला गिरी – लुम्बिनी
मायानाथ अधिकारी – गण्डकी
गणेश तिमिल्सिना – धौलागिरी
खेममान खड्का – राप्ती
यामलाल कँडेल – भेरी
गोरख बोगटी – कर्णाली
महेश्वर पाठक– सेती
गणेश ठगुन्ना – महाकाली

अञ्चल वैकल्पिक
नेपाल प्यानल

रविन कोइराला – मेची
धर्मराज निरौला – कोशी
गणेश पहाडी– जनकपुर
माधव अर्याल – वाग्मती
सोम मिश्र– उपत्यका
कृष्ण खनाल – नारायणी
 

ओली प्यानल
विशाल भट्टराई – सगरमाथा
रामशरण बस्नेत – गण्डकी
तिलक महत – लुम्बिनी
भूपेन्द्र थापा – धौलागिरी
गुलाबजंग शाह – राप्ती
लक्ष्मी पोखरेल – भेरी
भैरव बहादुर सिंह – सेती
विक्रम शाही – महाकाली
ट्रेड युनियन पूर्ण सदस्य
सबै नेपाल प्यानल
चूडामणि जंगली
विश्वनाथ प्याकुरेल
महिला खुला सदस्य
नेपाल प्यानल
श्रीमाया थकाली १०८६
गौरा प्रसाई १०६८
जयन्ती राई १०८५
गरिमा शाह १०६९
ममता गिरी १०३०
सुशीला नेपाल १०४२
रामकुमारी झाँक्री ११४८
सीता गिरी ओली १०६४
ओली प्यानल
थममाया थापा,
राधा ज्ञवाली ११०६
गोमा देवकोटा १०८२
सीता पौडेल १०४२
सुजिता शाक्य १०६८
सावित्रा भुसाल १०५१
महिन लिम्बु १०४१
पदमा अर्याल ११०१
शिवमाया तुम्बाहाम्फे १०५१
महिला वैकल्पिक
नेपाल प्यानल

रचना खड्का
निरा जैरु
ओली प्यानल
निरु पाल
मोना केसी
सीता सुन्दास
जनजाति खुल्ला सदस्य
नेपाल प्यानल

वैद्यनाथ चौधरी थारु
यज्ञराज सुनुवार
ओली प्यानल
सानु श्रेष्ठ
गोकुल घर्तीमगर
शेरधन राई
ज्ञानबहादुर भुजेल
खगेन्द्र राई
लीलानाथ श्रेष्ठ
पार्वत गुरुङ
डम्बरसिंह सम्बाहाम्फे
दलबहादुर राना
जनजाति वैकल्पिक
नेपाल प्यानल

प्रेम आले
प्रतापलाल श्रेष्ठ
टेकबहादुर वाइवा
कमलजंग राई
सुरेन्द्र मानन्धर
ओली प्यानल
विना श्रेष्ठ
मधेसी खुल्ला सदस्य
नेपाल प्यानल
शत्रुघन महतो
रत्नेश्वर गोहित
ओली प्यानल
रामप्रीत पासवान
श्रीप्रसाद साह
कमलादेवी महतो
बलवीरप्रसाद चौधरी
मधेशी वैकल्पिक
नेपाल प्यानल
रामरति राम
मेटमणि चौधरी

ओली प्यानल
दिनेशचन्द्र यादव
भगवती चौधरी
दलित खुल्ला सदस्य
बमबहादुर विश्वकर्मा
जगत विश्वकर्मा
भागवत विश्वासी
ईश्वरी रिजाल
इकराज विक
दलित वैकल्पिक
सबै ओली प्यानल
गोविन्द नेपाली
पुरनसिंह दयाल
तिल विश्वकर्मा
मुस्लिम सदस्य
सबै ओली प्यानल
नजिर मिया
सिराज अहमद फारुकी
तैयव हुसेन (वैकल्पिक)
पिछडिएको क्षेत्र
सबै ओली प्यानल
लालबहादुर थापा
भैरवसुन्दर श्रेष्ठ
मोहन वानिया (वैकल्पिक)
सम्पर्क बिभाग
नेपाल प्यानल
जीवन गुरुङ
लेखा आयोगको अध्यक्षः डा. पुष्प कँडेल (ओली प्यानल)
अनुशासन आयोगको अध्यक्षः अमृतकुमार बोहरा (नेपाल प्यानल)



नयाँ