arrow

प्रिमियर लिग फुटबलः आर्सनल र म्यानचेष्टर सिटी बराबरीमै

समर्थक भने आपसमै भिडे

logo
प्रकाशित २०७३ चैत २१ सोमबार
arsenal-fans.jpeg
इमाइरेटस स्टेडियम । इङलिश प्रिमियर लिग फुटबलमा आर्सनल र म्यानचेष्टर सिटीले २–२ गोलको बराबरी खेलेका छन् । आइतबार राति भएको खेलमा आर्सनल घरेलु मैदान इमाइरेटस स्टेडियममा बराबरीमै रोकिएको हो ।
 
५ मिनेटमै लेरो सानेको गोलबाट म्यानचेष्टर सिटीले अग्रता लियो । आर्सनललाई बराबरी गर्न थप ३५ मिनेट कुर्नुपर्यो । थिओ वाल्कोटले बराबरी गरे । त्यसको २ मिनेटमै सर्जिओ अगुएरोले गोल गर्दै म्यानचेष्टर सिटीलाई अग्रता दिलाए । तर ५३ औं मिनेटमा स्कोद्रान मुस्ताफीले गोल गर्दै आसनललाई बराबरीमा ल्याए । 
 
लिगको आइतबारकै अर्को खेलमा स्वान्सी सिटी र मिडिल्सब्रोले गोलरहित बराबरी खेले । यी खेलपछि शीर्ष स्थानको चेल्सीको २९ अंक छ । दोस्रो स्थानको टोटनह्याम हट्सपरको ६२ अंक छ । तेस्रो स्थानको लिभरपुलको ५९ अंक छ ।
 
चौथो स्थानको म्यानचेष्टर सिटीको ५८, पाँचौंको म्यानचेष्टर युनाइटेडको ५३ र छैटौं स्थानको आर्सनलको ५१ अंक छ ।  
 
यता, आर्सनलका समर्थकहरु आपसमै भिडेका छन् । टिमले बराबरी खेलेपछि तातेका समर्थकहरु आपसमै ठोक्किएका हुन् ।
 
कारण नखुले पनि बराबरीको तनावले आपसमै भिडेको अनुमान गरिएको हो । 
Leroy Sane shoots at goal after muscling out Hector Bellerin and rounding David Ospina to score Manchester City's opener
Theo Walcott pokes the ball through Gael Clichy's legs to find the corner and level things up for Arsenal in the first half
Just 91 seconds after Manchester City restarted play, Sergio Aguero put his side back in front, finding the far corner of the net
Manchester City's deadly striker Aguero wheels away in celebration after making it 2-1 to the visitors at the Emirates Stadium
Shkodran Mustafi watches on as his header finds the corner of Willy Caballero's goal to level things up again for Arsenal
Bellerin (left) and Ospina are unable to stop the dangerous Sane after he ran through on the Arsenal goal to put City ahead
Sane looked impressive as he got in behind Arsenal's defence and showed strength to shrug off right back Bellerin
The scenes were caught on a mobile phone and uploaded to Twitter Supporters in the home stands were caught brawling on video by a bystander
Arsene Wenger's was trying out breathing exercises before Arsenal conceded the second
No 2 Steve Bould looks almost as fed up after his side's latest moment of slack defending
 
 



नयाँ