काठमाडौं । जतिसुकै पाका खेलाडी भए पनि स्वीट्जरल्याण्डका टेनिस खेलाडी रोजर फेडेररमा जितले ठूलो अर्थ राख्छ । नियमित प्रशिक्षण गरेपछि र दत्तचित्त भएर लागेपछि केही असम्भव छैन भन्ने उनले प्रमाणित गर्दै आएका छन् ।
उनले सन् २०१७ मा आकर्षक प्रदर्शन गर्ने क्रममा आइतबार राति फेडेररले मियामी ओपन टेनिसको उपाधि जिते ।
उनले चिरपरिचित प्रतिद्धन्द्धी स्पेनका राफाल नाडाललाई ६–३ र ६–४ को सोझो सेटमा हराए ।
यसअघि अष्ट्रेलियन ओपन टेनिसमा पनि नाडाललाई हराएर फेडेररले कीर्तिमान रचेका थिए ।
निरन्तरको जितसंगै ३६ वर्षे फेडेररले अझै आफू अब्बल भएको प्रमाण पेश गरेका छन् ।