काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घको इतिहासमा पहिलोपटक अध्यक्ष पदमा महिला चुनिएका छन्।महासङ्घको ५१औँ वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष भवानी राणा महासङ्घको नयाँ अध्यक्षमा चुनिएकि हुन्। महासङ्घको विधानको छैटौँ संशोधनबाट महासङ्घका वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ। उनी रोलक्रममा महासङ्घको १८औँ अध्यक्ष हुनुहुन्छ।
महासङ्घको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा, उपाध्यक्षहरु उद्योग वाणिज्य समूहमा प्रमोद श्रेष्ठ, वस्तुगत समूहमा उमेशलाल श्रेष्ठ, एसोसिएट समूहमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्। महासङ्घमा २०६२ सालमा प्रवेश गरेकि नवनियुक्त अध्यक्ष राणा विसं २०६४–६७ मा पहिलोपटक महिला कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएर महासङ्घमा प्रवेश गरेकि थिइन्। उनीले महिला उद्यमी विकास समितिका सभापतिको जिम्मेवारी पनि सम्हालि सकेकिछिन्।
पर्यटन व्यवसायसँग सम्बद्ध राणाले बाँकेमा स्नेहा ग्रुप प्रालिको व्यवस्थापन निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकिछिन्। साथै उनी स्नेहा कल्चरल इन्टरटेनमेन्ट प्रालिका निर्देशक, स्नेहा बिएण्डएस कोलाब्रेसन प्रालिका व्यवस्थापन निर्देशक, सार्क चेम्बर क्राफ्ट भिलेजका प्रवद्र्धक, पद्य क्रियशन प्रालिका निर्देशक र बागेश्वरी विकास बैंकका प्रवद्र्धक छिन्।
सेन्ट मेरिज स्कुलबाट विद्यालय शिक्षा लिएकी अध्यक्ष राणा उच्च शिक्षा भारतको लखनउ विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर छिन्।उनी राणा प्रधानमन्त्रीको अध्यक्षतामा गठित लगानी बोर्डका सदस्य एवम् महिला उद्यमी महासङ्घ नेपालका अध्यक्षसमेत छिन्। रासस
उद्योग वाणिज्य महासङ्घका निर्वाचित कार्यकारिणी समिति सदस्यहरु :