arrow

अवसर र चुनौतीको दोबाटोमा ओली

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
554538982.jpeg
एकराज पाठक। काठमाडौं। नेपाली राजनीनिका एकजना स्पष्ट वक्ताका रुपमा परिचित एमाले अध्यक्ष केपी ओलीले मुलुकको ३८ औँ प्रधानमन्त्रीको सत्तारोहणको बाटो सुनिश्चित गरिरहँदा यता राजधानीका कैयौँ पेट्रोल पम्पमा घटीको पनि ७२ घन्टादेखि नेपाली नागरिकले तेलको पालो कुरिरहेका थिए । अपरान्ह तीन बजेतिर नयाँबानेश्वरस्थित संसद भवनभित्र उहाँले ३३८ मतका साथ देशको प्रधानमन्त्रीमा विजय हासिल गरेको घोषणा सभामुखले गरिरहँदा बानेश्वको बाटो भएर गुडेका फाट्फुट गाडीको छत, ढोका र दाया बायाँ समेत गरी ठूलो संख्याका सर्वसधारणले ज्यान जोगाउनै गाह्रो हुनेगरी यात्रा गरिरहेका थिए । बाटोको पश्चिमतर्फको त्यस भवनले नयाँ प्रधानमन्त्रीको चयन गरिरहेको छ भन्ने जानकारी ती यात्रुमध्ये सायद केहीलाई मात्र थाहा थियो होला । 
 
दक्षिणी छिमेकीसँगको सम्बन्ध करिब २५ वर्षअघिको अवस्थामा पुगेको भान भएको छ यतिखेर र त्यस समय उहाँहरुले नै नेतृत्व गरेको नेपाली काँग्रेस र संयुक्त बाममोर्चाको आन्दोलनको समर्थनमा र यतिखेर भने सम्भवतः उहाँहरुसँगको असहमतिमा देशले नाकाबन्दी खेपिरहेको छ । र यो नाकाबन्दीसँग जोडिएको विषय राष्ट्रियता र सार्वभौमिकतासँगै जेडिएको सम्बन्धित छ अनि उ समयभन्दा यतिखेरको नाकाबन्दी बढी संवेदनशिल छ ।
 
प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष केपी ओलीले सिंहदरबारको कडा तगारो पन्छाएपनि उहाँको सरकारका अगाडि धेरै चुनौतीहरु तेर्सिएका छन् । त्यसैले आफ्नो अडानबाट सितीमिती पछि नफर्किने हठी र निडर स्वभावका यी राजनीतिज्ञलाई आगामी दिन फलामका च्युरा पनि सावित हुन सक्छन् । अवसर र चुनौतीको दोबाटोमा उभिएका प्रधानमन्त्री ओलीलाई सबैभन्दा पहिला त आफ्नो नाकै अगाडि तेर्सिएको नाकाबन्दीको तगारो पन्छाउनु एक प्रमुख चुनौती हुनेछ । नेपाली नागरिकले यतिखेर पहिलो पटक आफूहरु परनिर्भरताको तीतो अनुभूति गरिरहेका छन् । उनीहरु यति धैर्यताका साथ राष्ट्रियता र स्वाभिमानको प्रदर्शन गरिरेहका छन् कि देशका लागि आफै दुःख कष्ट झेल्न तयार छन् र सरकारप्रति नै बरु सान्त्वता प्रकट गरिरहेका छन् । एकातर्फ संविधान सभाको ९० प्रतिशत जनमतले पारित गरेको संधिवान हामीसँग छ भने अर्कातर्फ अत्यन्तै झिनो संख्याका मधेशी सभासदले त्यो संविधानको विरोध गरेर आफ्नै देशका लागि अत्यावश्यकीय सामान आयात गर्ने नाकामै बसेर अवरोध गरिरहेका छन् । यो परिस्थितिलाई दक्षिणी छिमेकीले सघाएको र नेपाली सुरक्षाकर्मीलाई जाइलाग्न आफ्नो भूमि नै प्रयोग गर्नदिएको देखिन्छ । त्यसैले संविधान संशोधन गरी मधेशमा मात्र केन्द्रित क्षेत्रीय दलहरुको माग सम्बोधन गर्ने र त्यसैका माध्यमबाट भारतसँगको कूटनीतिक सम्बन्ध सुधार्ने उहाँको पहिलो चुनौती हो । त्यसैले तराई तनाव नै उहाँको पहिलो चुनौती देखिन्छ ।
 
परस्पर विपरीत राजनीतिक सिद्धान्त र एजेण्डा बेकेका एक दर्जनभन्दा बढी राजनीतिक दलको बलमा खडा भएको यो खठबन्धन पूरापुरी सहज भने छैन । यिनको चित्त बुझाएर सरकार चलाउनु र देशको सबैभन्दा ठूलो दलको प्रमुख प्रतिपक्षी संस्कारको सहन गर्नु उहाँका लागि उहाँले नै समय समयमा हाल्ने गर्ने उखान तुक्काकै भाषामा ‘राजनीति मखमली डसना होइन’ भने सरह नै हुनेछ । मुलुकले ९० प्रतिशतको जनमतमा जारी संविधान १२ दिनमै संशोधनका लागि संसद सचिवालयमा विधेयक दर्ता भएको छ । हिजोका दिनमा ‘एक भाई हिङ नभई भागै नबस्ने र अर्का भाई हिङ गन्हाउछ भनेर भान्सामै नपस्ने’ अवस्थाबाट आठ वर्षका अनेकन अप्ठेराहरुलाई झेल्दै संविधान पाएकोमा आज त्यसको पूर्ण निषेधको बाटोमा तराई क्षेत्र हिँडेको छ।
 
त्यसैले संविधान संशोधनका लागि उहाँले तराईलाई मात्र चित्त बुझाएर बुझ्ने अवस्था छैन र दरिलो प्रतिपक्षको सहमति बिना संविधान संशोधनका लागि आवश्यक दुई तिहाई बहुमत पुग्न पनि गाह्रै पर्ने देखिन्छ । सत्ताको कमजोर बैशाखीमा लरखराएर काँग्रेसजस्तो बलियो प्रतिपक्षको सामना गर्न पर्ने गाह्रोहरुलाई उहाँले आजैका मितिदेखि व्यवस्थापनका उपायहरुको खोजि गर्दैगर्दा राम्रो हुनेछ । देशले नयाँ संविधान पाइसकेको छ । अब देशले सधैंका लागि सहमतिको राजनीति भन्ने कुरा त नारामा मात्र सिमीत हुने कुरा हो । किनभने अबको बढीमा डेढ वर्षभित्रमा आमनिर्वाचन गर्नुपर्नेछ र त्यसका लागि ठूला राजनीतिक दलहरु प्रतिश्पर्धात्मक निर्वाचनमा जानुपर्ने हुन्छ । त्यसका कारण पनि अब उहाँले आफ्नो सत्ता समीकरणलाई बलियो र विपक्षीको पनि विश्वासमा संविधानको सशक्त कार्यान्वयनको अवस्था सिर्जना गर्नु जरुरी छ ।
 
समयले यतिखेर उहाँलाई राजनीतिको घरबुना वा राष्ट्रियताको पक्षधरको उम्मेदवार भनेर उभ्याइदिएको छ । भए वा नभएपनि उहाँलाई भारतीय चाहनाइतरको नेताका रुपमा यस चुनावामा देखाउने काम गर्‍यो।
 
यतिखेर देशका ९९ प्रतिशत जनताले अहिलेको परनिर्भरताको विकल्प खोज्न भनिरहेका छन् । जनताको यो भावनामा आहत नपर्ने गरी काम गर्नुपर्ने उहाँको अर्काे चुनौती हो । अहिलेको परनिर्भरताले देशलाई तीनतिरबाट बन्दी बनाएको र जसका कारण हामी शतप्रतिशत नै बन्द अवस्थामा परेको अहिलेको अवस्थामा निकासको पर्खाइरमा रहेका नेपाली नागरिकका लागि यो भरोसायुक्त बाटो निकाल्नुपर्ने उहाँको यो चुनौती नभएर अवसर हुने छ । उहाँले देशलाई दिगो रुपमा दिनसक्ने एउटा निकास भनेको यो नै हो र देशलाई परनिर्भरताबाट मुक्त गर्नका लागि दिइने यो योगदानले उहाँलाई राष्ट्रले सम्झिनै रहने छ । अन्यथा उहाँले माने वा नमानेपनि उहाँको यो कार्यकाल पनि सिंहदरबारमा फोटो टाँस्नेमा नै सीमित हुने छ ।    



नयाँ