- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले सरकारद्वारा सदनमा प्रस्तुत गरेको संविधान संशोधन प्रस्ताव सकारात्मक रहेको भन्दै यसलाई पारित गराउन सहयोग गर्ने जनाएको छ ।
वुधबारको व्यवस्थापिका–संसद् बैठकमा सरकारले संविधान संशोधन प्रस्ताव प्रस्तुत गरेको थियो । राजपाका नेता राजेन्द्र महतोले भने, “प्रस्ताव सकारात्मक छ, हामी पारित गराउन सहयोग गर्छौं ।”
प्रस्ताव पारित गराउने विषयमा प्रम प्रचण्डले शुक्रबार ३ बजे सदनमा प्रतिनिधित्व गर्ने दलहरुसित छलफल गर्ने तयारी गरेका छन् ।
विहिबार राजपाको अध्यक्ष मण्डलका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्रराय यादव, अनिल झालगायत प्रधानमन्त्री निवास पुगेका थिए ।