- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सान्टियागो बर्नाबाउ । स्पेनिश क्लव रियाल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनल नजिक पुगेको छ । सेमिफाइनलको पहिलो लेगमा अर्को स्पेनिश क्लव एथलेटिको मड्रिडमाथि ३–० को शानदार जितसंगै रियाल मड्रिड फाइनल नजिक पुगेको हो ।
रियाललाई विजयी गराउन क्रिष्चियानो रोनाल्डो एक्लैले सबै गोल गरे । रोनाल्डोले ह्याट्रिक पूरा गर्ने क्रममा १०, ७३ र ८६ मिनेटमा गोल गरेका थिए ।
रोनाल्डोको यो रियाल मड्रिडका लागि ४२ औं ह्याट्रिक हो । उनले युरोपको कुनै पनि क्लवलाई सर्वाधिक गोल गर्ने कीर्तिमान पनि रचेका छन् ।
रोनाल्डोले ३६७ गोल गर्दै जिम्मी ग्रिएभ्सले राखेको ३६६ गोलको कीर्तिमानसमेत उछिनेका छन् ।
त्यसैगरी च्याम्पियन्स लिगको नकआउट चरणमा सर्वाधिक ५२ गोल गर्दै कीर्तिमानलाई अझ बढी फराकिलो बनाएका छन् ।
दोस्रो स्थानका उनका प्रतिद्धन्द्धी अर्जेन्टाइन खेलाडी एवं स्पेनिश क्लव बार्सिलोनाका खेलाडी लियोनल मेस्सीको जम्मा ३७ गोल छ ।
दोस्रो लेगको खेल अर्को हप्ता एथलेटिको मड्रिडको मैदानमा हुनेछ ।
च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलमा बुधबार राति फ्रेन्च क्लव मोनाको र इटालियन क्लब युभेन्टस भिड्दै छन् ।