- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
स्टाडियो भिन्सेन्ट काल्डेरन । स्पेनिश ला लिगा प्रतिद्धन्द्धी एथलेटिको मड्रिडलाई हराउँदै रियाल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा एथलेटिकोले खेल २–१ ले जिते पनि एग्रिगेटमा ४–२ ले पराजित हुँदै बाहिरिएको हो । एथलेटिकोले पहिलो लेग रियालको मैदानमा ३–० को हार खानु परेको थियो ।
घरेलु मैदानमा खेलमा फर्कने क्रममा १२ मिनेटमा साउल निग्वेजले गोल गरेर अग्रता दिलाए ।
१६ मिनेटमै पेनाल्टीमार्फत एन्टोइन ग्रेजम्यानले गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।
तर ४२ औं मिनेटमा रियाल मड्रिडका लागि इस्कोले गरे । त्यसपछि एथलेटिकोले मध्यान्तरपछि गोल नै थप्न सकेन ।
लयलाई निरन्तरता दिन सकेको भए खेल अझ रोमाञ्चक हुने थियो । यो खेलमा भने क्रिष्टियानो रोनाल्डोले गोलै गर्न सकेनन् ।
यो खेलमा एक गोलमात्र गरेको भए रोनाल्डोले रियालमा अर्को रेकर्ड राख्ने थिए । उनले रियालका लागि ३९९ गोल गरिसकेका छन् ।
फाइनलमा अब रियाल र इटालियन क्लव युभेन्टस भिड्ने छन् ।
यसअघि भएको पहिलो सेमिफाइनलमा युभेन्टसले फ्रेन्च क्लव मोनाकोलाई हराएको थियो । फाइनल भिडन्त आउँदो जुन ३ तारिखमा वेल्सको कार्डिफमा हुनेछ ।