प्रचण्ड सरकारले ‘वान् बेल्ट वान् रोड’मा गरको हस्ताक्षरप्रति एमाले खुसी
प्रकाशित २०७४ जेठ ३ बुधबार
512
Shares
काठमाडौं । प्रमुख विपक्षी एमालेले छिमेकी चीन नेतृत्वको ‘वान बेल्ट वान रोड’ (ओबीओआर) परियोजनामा नेपालले जनाएको सहभागिताको स्वागत गरेको छ ।
पार्टी उपाध्यक्ष बामदेव गौतमको निवास भैंसेपाटी ललितपुरमा बसेको स्थायी कमिटी बैठकले एमालेकै सरकारका पालामा थालनी गरिएको प्रयासकै निरन्तरताको रुपमा दुई राष्ट्रबीच औपचारिक हिसाबले समझदारी पत्रमा हस्ताक्षर भएको भन्दै स्वागत गरेको हो ।
एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस परियोजनाले नेपालको आर्थिक विकासमा थप सहयोग पुग्नेछ र नेपाललाई अन्तर्राष्ट्रिय समुदायसम्म पुग्न सहयोग मिल्नेछ भन्ने विश्वास बैठकले व्यक्त गरेको छ ।’
यस्तै, बैठकले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि व्यवस्थापिका संसदमा पेश गरिएको औचित्यहीन महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन र बिनाऔचित्य अगाडि बढाइएको संविधान संशोधन प्रस्तावसमेत समेत फिर्ता लिन भनेको छ ।