arrow

काठमाडौँ महानगरपालिकाको वडा २७ मा एमाले विजयी

logo
प्रकाशित २०७४ जेठ ५ शुक्रबार
Kathmandu_Avion_01.JPG.jpeg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं २७ मा नेकपा(एमाले) विजयी भएको छ । एमालेका चिनियामान महर्जनले एक हजार ५६८ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका योगेश खड्कीले एक हजार ३५८ मत प्राप्त गरेका थिए । 

त्यसैगरी महिला सदस्यमा उर्मिला महर्जन, खुला सदस्यमा रमेशमान महर्जन र परिवेशमान महर्जन निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । उक्त वडामा दलित महिलाको उम्मेदवारी परेको थिएन । यस वडामा तीन हजार सात सय ७५ मत खसेकोमा ९९ मत बदर भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ