- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
फ्रेन्डस एरिना । युरोपा लिग फुटबल प्रतियोगिताको उपाधि इंलिश क्लव म्यान्चेष्टर युनाइटेडले जितेको छ ।
स्वीडेनको स्टकहोल्ममा बुधबार राति भएको फाइनल खेलमा डच क्लव आयाक्स एम्सटरडमलाई २–० ले हराउँदै म्यान्चेष्टर युनाइटेडले उपाधि उचालेको हो ।
फ्रेन्डस एरिनामा ४६९६१ दर्शकको बीचमा म्यान्चेष्टरलाई विजयी गराउन पउल पोग्बा र हेनरिक मख्तरियानले १–१ गोल गरे ।
खेलको १८ मिनेटमा पोग्बाले र ४८ औं मिनेटमा मख्तरियानले गोल गरेका हुन् ।
जितसँगै म्यान्चेष्टर युनाइटेड अर्को सिजनको युरोपियन च्याम्पियन्स लिग फुटबलका लागि छनोट भएको छ ।
इंलिश प्रिमियर लिगको शीर्ष चारभित्र पर्न नसकेर युरोपा लिगमै धकेलिने सम्भावना बढे पनि युरोपा लिग जितेपछि भने च्याम्पियन्स लिग खेल्ने अवसर पाएको हो ।
म्यान्चेष्टर म्यानेजर जोजे मौरिन्हो यो उपाधि जितेपछि मैदानमै रोएका छन् ।
मौरिन्हो विश्वकै सफल प्रशिक्षक मानिन्छन् । तर गत वर्ष चेल्सीबाट निकालिएपछि उनले आफूलाई हीनतावोध गरेका थिए ।
यसपटक पनि प्रिमियर लिगमा म्यान्चेष्टरलाई शीर्षस्थानमा लैजान सकेका थिएनन् । युरोपा लिग जितेपछि भने मौरिन्होले आफू अझै सक्षम भएको दाबी गरेका छन् ।