arrow

फाष्ट ट्रयाकलाई भन्दा बुढीगण्डकीलाई ३ करोड बढी बजेट  

logo
प्रकाशित २०७४ जेठ १५ सोमबार
budget2.JPG

काठमाडौं । सरकारले आगामाी आर्थिक वर्षमा बहुप्रतिक्षित बुढीगण्डकी जलविद्युत आयोजना र तराई काठमाडौं दू्रत मार्गको लागि १० १० अर्बको बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७४ ७५ को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय गौरबका आयोजनाहरुलाई सो बजेटको घोषणा गरेका हुन् । 

उनका अनुसार सरकारले आगामी आर्थिक वर्षको लागि बुढीगण्डकीको मुआब्जा वितरण र अन्य खर्चको लागि १० अर्ब १७ करोड विनियोजन गर्ने र फास्ट ट्रयाकको लागि १० अर्ब १४ करोडको बजेट विनियोजन गरिएको छ । 

त्यस्तै, सिक्टा, रानी जमरा र भेरी बबईलाई कूल ५ अर्ब १६ करोड,  तामाकोशी जलविद्युत आयोजनालाई ५० करोड र राष्ट्रपति चुरे संरक्षणलाई १ अर्ब ९२ करोड विनियोजन गरेको महराले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ