फाष्ट ट्रयाकलाई भन्दा बुढीगण्डकीलाई ३ करोड बढी बजेट
प्रकाशित २०७४ जेठ १५ सोमबार
634
Shares
काठमाडौं । सरकारले आगामाी आर्थिक वर्षमा बहुप्रतिक्षित बुढीगण्डकी जलविद्युत आयोजना र तराई काठमाडौं दू्रत मार्गको लागि १० १० अर्बको बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७४ ७५ को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय गौरबका आयोजनाहरुलाई सो बजेटको घोषणा गरेका हुन् ।
उनका अनुसार सरकारले आगामी आर्थिक वर्षको लागि बुढीगण्डकीको मुआब्जा वितरण र अन्य खर्चको लागि १० अर्ब १७ करोड विनियोजन गर्ने र फास्ट ट्रयाकको लागि १० अर्ब १४ करोडको बजेट विनियोजन गरिएको छ ।
त्यस्तै, सिक्टा, रानी जमरा र भेरी बबईलाई कूल ५ अर्ब १६ करोड, तामाकोशी जलविद्युत आयोजनालाई ५० करोड र राष्ट्रपति चुरे संरक्षणलाई १ अर्ब ९२ करोड विनियोजन गरेको महराले बताए ।