काठमाडौं । सरकारले नारायणगढ मुग्लिन सडक खण्डको लागि साढे २ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७४ ७५ को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले यसै वर्ष सो सडक निर्माण गरिसक्ने लक्ष्य लिईएको जानकारी पनि दिए ।
त्यस्तै, सरकारले ३ वटा विमानस्थलको लागि १३ अर्ब ७२ करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको लागि निजगढ विमानस्थल, पोखरा र सिमारा विमानस्थलको निर्माणको लागि यो बजेट विनियोजन गरिएको महराले जानकारी दिए ।