arrow

दरबार हत्याकाण्डका १६ वर्ष, मेटिएन हत्याकाण्डको रहस्य

logo
बाबु नेपाली
प्रकाशित २०७४ जेठ १९ शुक्रबार
birendra-family.jpeg

काठमाडौं । नेपाली इतिहासमा त्यस्ता थुप्रै हत्याकाण्ड भए जुन किताबका पानामा लेखिन्छन् । तर कहिल्यै नमेटिने छाप छोडेर भएको हत्याकाण्ड १६ वर्षअघि नारायणहिटी राजदरबारमा भएको हत्याकाण्ड नै हो । 
आजभन्दा १६ वर्षअघि ०५८ साल जेठ १९ गते शुक्रबार राति राजा वीरेन्द्र शाहको वंशनाश गर्नेगरी दरबार हत्याकाण्ड गराइएको थियो ।  

त्यो कालो शुक्रबारले वीरेन्द्रको वंशनाश भयो । कोही पनि बाँच्न पाएनन् । घटना तत्कालीन युवराज दीपेन्द्रले गराएको भन्ने प्रतिवेदन निकालियो । तर त्यो प्रतिवेदनलाई अहिलेसम्म नेपाली जनता मान्न तयार छैनन् । 

दीपेन्द्रले त्यतिसम्म गर्न सक्लान् भन्ने कसैलाई लागेकै छैन । ज्ञानेन्द्र शाहको परिवारमध्ये कोमल शाह घाइते भएकी थिइन् । अन्य कसैलाई केही नहुँदा शंका गर्ने ठाउँ रह्यो । 

हुनत तत्कालीन राजा ज्ञानेन्द्रको निर्देशनमा उच्चस्तरीय छानविन समिति गठन भएको थियो । त्यो समितिले दीपेन्द्रलाई नै दोषी देखायो । 

दरबारभित्र सो समयमा भएका व्यक्तिहरुको भनाइलाई आधार मानेर रिपोर्ट तयार भएको थियो । 

परिस्थिति यस्तो थियो कि तत्कालीन सभामुख तारानाथ रानाभाटले दोहोरो कुरासमेत गरेका थिएनन् । समितिले दरबार निकटका कसैसंग पनि प्रतिप्रश्न गर्न पाएका थिएनन् । एकोहोरो भनेको भनाइलाई आधार बनाउँदा पक्कै पनि त्यो रहस्यमय बनेको थियो । यद्यपि छ । 

तत्कालीन राजाले एमालेका नेता माधवकुमार नेपाललाई समितिमा बस्न भनेका थिए । उनले समितिमा बस्न डराए । 

तर त्यसपछि निरन्तर एमालेले दरबार हत्याकाण्डको छानविन हुने र हत्यारा पत्ता लाग्ने बताउँदै आएको छ । 

गत जेठ ३ गते पनि मदन भण्डारी दुर्घटनालाई हत्याकाण्डको संज्ञा दिंदै एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डारी हत्याकाण्ड र दरबार हत्याकाण्डको रहस्य खुल्ने बताए । 

तर एमालेबाटै चार जना प्रधानमन्त्री हुँदासमेत छानविन गरेनन् । दरबार हत्याकाण्ड भइसकेपछि पनि एमालेका तीन जना प्रधानमन्त्री भए । नेपाल, झलनाथ खनाल र ओली प्रधानमन्त्री भए पनि केही गरेनन् । 
शंकैशंकाबीच राजनीति गर्न लागेका छन् दरबार हत्याकाण्डलाई जोडेर एमालेका नेताहरु । 

दरबार हत्याकाण्डको ग्राण्ड डिजाइनको खुलासा गर्ने भन्दाभन्दै काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको पनि निधन भएको थियो। यतिलामो समय भइसक्दा पनि अहिलेसम्म थप कुनै कुरा बाहिर आउन सकेन । पुस्तकमा मनगढन्ते कुरा लेख्ने क्रम अहिले पनि रोकिएको छैन । 

सम्भवतः त्रास अझै छ । दीपेन्द्रले नै पनि गराएका हुन सक्छन् । तर त्यसको निष्पक्ष छानविन नहुनु दुर्भाग्य हो । मुलुकमा गणतन्त्र आइसकेपछि अब त तत्कालीन दरबार निकटका व्यक्तिहरुलाई पटकपटक प्रश्न गर्न सकिन्छ । फेरि कसले छेक्यो छानविन गर्न । होइन भने नेताहरु आफ्नो राजनीतिक लक्ष्य पूरा गर्न अनावश्यक विषय नउठाए कसो होला । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ