arrow

च्याम्पियन्स लिग फुटबलको उपाधि रियाल मड्रिडलाई, युभेन्टसको कमजोर प्रदर्शन

रोनाल्डो नै चम्के 

logo
प्रकाशित २०७४ जेठ २१ आइतबार
real-madrid1.jpg

कार्डिफ । युएफा च्याम्पियन्स लिग फुटबलको उपाधि स्पेनिश क्लव रियाल मड्रिडले जितेको छ ।

वेल्सको राजधानी कार्डिफमा शनिबार राति भएको फाइनलमा इटालियन क्लव युभेन्टसलाई ४–१ ले हराउँदै रियाल मड्रिडले उपाधि जितेको हो । 

 रियाललाई विजयी गराउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । त्यस्तै क्यासेमिरो र मार्को एसेन्सियोले १–१ गोल गरे ।

रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमानसमेत बनाएका छन् । 

यसअघि रोनाल्डोले सन् २००८ मा इंगलिश क्लब म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगको उपाधि जित्दा फाइनलमा गोल गरेका थिए । २०१४ मा रियाल म्याड्रिडले उपाधि चुम्दा पनि उनले गोल गरेका थिए । 

युभेन्टसका लागि मारियो मान्डुकिचले सान्तोना गोल फर्काए ।

जितसँगै रियाल मड्रिडले च्याम्पियन्स लिगको उपाधि संख्यालाई एक दर्जन बनाएको छ । रियालको यो लगातार दोस्रो उपाधि पनि हो । 

दुई पटक उपाधि जितेको युभेन्टसले भने सन् १९९६ पछि उचाल्न पाएको छैन । 
Cristiano Ronaldo was the main man once again as he netted twice to help Real Madrid to an emphatic 4-1 victory

Ronaldo (left) watches on as his shot flies past Gianluigi Buffon and into the bottom corner of the net to open the scoring

 

The Portuguese superstar produced his trademark celebration in front of the Juventus fans at the Principality Stadium

Real did not lead for long in Cardiff, as Mario Mandzukic produced a moment of magic to level things up for the Italian side

A long shot of Mandzukic's goal shows the sheer audacity of his effort - it send the Juve fans wild at the Principality Stadium

Goalscorer Ronaldo drops to his knees at the final whistle to celebrate Real Madrid's historic 12th European Cup win Ronaldo sprints to the corner after starting Real Madrid off in perfect fashion in the Champions League final on Saturday night

Real Madrid forward Ronaldo leaps into the air to perform his trademark celebration in front of the distraught Juventus fans 

Real captain Sergio Ramos jumps on Ronaldo as the Los Blancos players catch up with their star man near the corner flag



नयाँ