arrow

गर्मीका कारण कुखुरा भक्काभक मर्न थाले, एकै फार्मका १५ सय कुखुराको एकै चिहान

logo
प्रकाशित २०७४ जेठ २४ बुधबार
chicken-died.jpg

तनहुँ । अत्यधिक गर्मीका कारण तनहुँको व्यास नगरपालिका–५ निवासी सुलभ पोल्ट्री फार्मका सञ्चालक हिमाल श्रेष्ठको एउटै फार्मबाट करिब एक हजार ५०० कुखुरा मरेका छन् । 

व्यावसायिक रुपमा हाइलाइन जातका लेयर्स कुखुरा चारहजार ६०० पालेकामध्ये एक हजार ५०० कुखुरा गत आइतबार मरेको कृषक श्रेष्ठले जानकारी दिए । 

गर्मीका कारण निमोनिया हुन जाँदा सो दुर्घटना भएको कृषकले बताए । 

उक्त कुखुराले अन्डा दिन थालेको करिब दुई–तीन महिनापछि मर्दा करिब रु १५ लाख बराबरको क्षति भएको कृषकले बताए । 

साउदीमा लामो समय स्ट्यान्डर्ड चार्टर्ड बैंकमा काम गरेर स्वदेश फर्केका श्रेष्ठले विगत ६–७ वर्षअघि देखि अन्डा दिने कुखुरा व्यावसायिक रुपमा पाल्दै आएको बताइएको छ । 

श्रेष्ठले उक्त कुखुरा फार्मको सगरमाथा इन्सुरेन्स कम्पनीमा बिमा गराएको र सोही बिमा कम्पनीका व्यक्ति आएर अवलोकन गरेका छन् के कति क्षतिपूर्ति दिने हुन् केही थाहा छैन भने । 

त्यसैगरी व्यास नपा–१ गल्बुवेसी निवासी तिलकुमारी नेपालीले पालेका ब्वायलर जातका ४०० कुखुरा पटकपटक गरी मरेर सकिएको बताए । 

उक्त कुखुरा मर्दा करिब रु दुई लाखभन्दा बढीको क्षति भएको कृषक नेपालीले जानकारी दिए । 

बिमा कम्पनीले ब्वायलर जातको कुखुरा व्यवसायमा बिमाको सुविधा नदिँदा कृषक मर्कामा पर्ने गरेको उनले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ