अर्थमन्त्री कार्कीको प्रतिबद्धता : 'मुलुकको आर्थिक वृद्धि हुने काम गर्छु '
प्रकाशित २०७४ जेठ २४ बुधबार
762
Shares
काठमाडौँ। अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधबार पदबहाली गरेका छन् । मन्त्री कार्कीले पदबहाली गर्दै जनतालाई प्रत्यक्ष लाभ हुने तथा मुलुकको आर्थिक वृद्धि हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्कीले अर्थ मन्त्रालय आफ्ना लागि नौलो मन्त्रालय भए पनि अत्यन्त मेहनतका साथ आर्थिक समृद्धिलाई नै मुख्य प्राथमिकता दिने बताए ।
मन्त्रालयका सचिव शान्तराज सुवेदीले करिव २३ वर्षपछि मुलुकको आर्थिक वृद्धिदर सकारात्मक ढङ्गबाट अगाडि बढिरहेका सन्दर्भमा त्यसलाई अझै बढाउनेतर्फ मन्त्रालयको ध्यान केन्द्रित भएको बताए । मन्त्रालयका राजस्व सचिव राजन खनाल र नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले मन्त्री कार्कीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे। रासस