- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पेरिस । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबलमा फ्रान्सले इंगल्याण्डलाई हराएको छ । घरेलु मैदान पेरिसमा मंगलबार राति भएको खेलमा फ्रान्स ३–२ ले विजयी भएको हो ।
खेलको ९ मिनेटमै ह्यारी केनले गोल गर्दै इंगल्याण्डलाई अग्रता दिलाए । २२ औं मिनेटमा सामुइल उम्टीटीले गोल गरी फ्रान्सलाई बराबरीमा ल्याए । उम्टीटीको यो पहिलो अन्तर्राष्ट्रिय गोल थियो ।
४३ औ मिनेटमा जिब्रिल सिडिबेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । तर ४७ औं मिनेटमा राफेल भरानेले रातो कार्ड खाँदै मैदान छाडेपछि फ्रान्स १० जनामा सिमित भयो ।
त्यसपछि पाएको पेनाल्टीलाई सदुपयोगग गर्दै ह्यारी केनले गोल थपे र बराबरीमा ल्याए । त्यसपछि दबाबमा राख्न नसकेको इंगल्याण्डले ७८ औं मिनेटमा उस्मान डेम्बेलेमार्फत गोल खायो ।
अन्य मैत्रिपूर्ण खेलहरुमा कोलम्बियाले क्यामरुनलाई ४–० ले, प्यालेस्टाइनले ओमानलाई २–१ ले तथा पेरुले जमैकालाई ३–१ ले हरायो ।
यसअघि मंगलबार अर्जेन्टिनाले सिंगापुरलाई ६–० ले र ब्राजिलले अष्ट्रेलियालाई ४–० ले हराएको थियो ।