arrow

अवरुद्ध मुग्लिन सडक सञ्चालनमा

logo
प्रकाशित २०७४ असार २० मंगलबार
Mugling-Narayanghat.jpeg

रत्ननगर (चितवन)। पहिराले अवरुद्ध मुग्लिन सडक आज बिहान १०:३० बजेदेखि सञ्चालनमा आएको छ। नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ६ को चार किलो भन्ने स्थानमा खसेको पहिरो पन्छाइएपछि अहिले यातायात सञ्चालनमा आएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।

पहिराका कारण रोकिएका सवारी अहिले गन्तव्यतर्फ जान थालेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । बिहान ९ बजे खसेको पहिरो हटाएर यातायात सञ्चालन गरिएको हो।

उक्त सडकमा चितवन हुँदै काठमाडौं र पोखरा जाने आउने सवारी बढी हिँड्छन्। यहाँ दैनिक १० हजार बढी सवारी गुड्ने गर्छन्। असार महिना लागेपछि यहाँ हरेक दिनजसो पहिरो खसेर यात्रु सास्तीमा पर्दैआएका छन्। दुई दिनअघि यहाँको कालीखोलामा खसेको पहिराका कारण ३४ घन्टासम्म सवारी चापमा परेको थियो।

पहिरामा परेर असार महिनामा मात्रै दुई प्रहरीसहित तीन जनाले ज्यान गुमाएका छन् भने एक प्रहरी अझै बेपत्ता छन्। यसअघि गत चैतमा उक्त सडकको घुमाउनेमा पहिरो जाँदा दुई जनाको च्यापिएर मृत्यु भएको थियो। चितवनका ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्त मुग्लिन सडक जोखिममा रहेकाले चालकलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरे। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ