arrow

आर्थिक समृद्धिका लागि लघु उद्योग

logo
प्रकाशित २०७४ असार २१ बुधबार
Mahila_Laghu.jpeg

ललितपुर । सरकारी र गैरसरकारी निकायका प्रतिनिधि, लघु, घरेलु, साना तथा मझौला उद्यमीले साना उद्योगले मात्रै आर्थिक समृद्धि सम्भव नहुने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी–गर्भनर चिन्तामणि सिवाकोटीले लघु तथा घरेलु उद्यमीलाई आत्मनिर्भर बनाउनु पर्ने बताए । 

उनले भने, “लघु उद्योगको विकास गर्न सकेमा मुलुकको विकासमा सहयोग पुग्छ ।” मुलुकमा वित्तीय जागरण ल्याउन आवश्यक भएको उनको भनाइ थियो । वित्तीय साक्षरता सम्बन्धी रणनीति तयार गरी सरकारलाई बुझाएको सिवाकोटीले बताए। 

उद्योग मन्त्रालयका सहसचिव पुरुषोतम नेपालले मुलुक राजनीतिक मुद्दाबाट आर्थिक मुद्दामा गएको बताए। नेपाल घरेलु तथा साना उद्योग महासङ्घ अन्तर्गतको केन्द्रीय महिला समितिका अध्यक्ष रोशनी उपााध्यायले उद्यमीलाई आत्मनिर्भर बनाउने कार्यक्रम महत्वपूर्ण हुने बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ