काठमाडौं। काठमाडौं महानगरपालिकाको प्रथम नगरसभाको बैठक शनिबार अपराह्न ३ बजेसम्मका लागि स्थगन भएको छ। सभाको पहिलो दिन आज १९ बुँदे नीति तथा कार्यक्रम भने पारित भएको छ। शनिबार आर्थिक र विनियोजन विधेयकमाथि छलफल हुन सकेमा कामपाको बजेट पारित हने कामपाका सञ्चार अधिकृत चन्द्रमणि भट्टराईले जानकारी दिए।
सभाको पहिलो दिन आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कामपा प्रमुख विद्यासुन्दर शाक्यले इ–ट्वाइलेट निर्माण, भर्टिकल र अण्डरग्राउण्ड कार पार्किङ तथा आधुनिक र सुविधायुक्त बस सेवा सञ्चालनमा ल्याइने बताए। रासस