रत्ननगर उद्योग वाणिज्य सङ्घमा सबै कार्यसमिति निर्विरोध, जिम्मा रेग्मीलाई
प्रकाशित २०७४ साउन १ आइतबार
330
Shares
रत्ननगर । रत्ननगर उद्योग वाणिज्य सङ्घ, चितवनको आठौं अधिवेशनले राजाराम रेग्मीको अध्यक्षतामा नयाँ समिति निर्विरोध निर्वाचित गरेको छ ।
असार २६ गतेबाट शुरु भएको आठौँ अधिवेशनमा विधान संशोधनको विषयमा विवाद उत्पन्न हुँदा छ दिनपछि शनिबार तीनवर्षका लागि नयाँ कार्यसमिति चयन गरिएको हो ।
समितिमा सबै कार्यसमिति निर्विरोध भएको सङ्घका वर्तमान अध्यक्ष रेग्मीले जानकारी दिए ।
वरिष्ठ उपाध्यक्षमा अनिलकृष्ण श्रेष्ठ, वाणिज्यतर्फ उपाध्यक्षमा विनोद पोखरेल, वस्तुगततर्फको उपाध्यक्षमा भीमनारायण श्रेष्ठ, उद्योगतर्फको उपाध्यक्षमा रघुनाथ भट्ट र एसोसिएटतर्फको उपाध्यक्षमा शंकर गिरी निर्विरोध भए ।
असन्तुष्ट पक्षको नेतृत्व गर्नुभएका भट्ट र गिरीले उपाध्यक्ष पद पक्का गरेपछि विरोधका कार्यक्रम रोकेर सहमतिमा आएका हुन् । यस्तै महासचिवमा निराजन खनाल र कोषाध्यक्षमा देवीप्रसाद डल्लाकोटी चयन भए ।
अधिवेशनले विभिन्न क्षेत्रबाट १८ जना सदस्यसमेत निर्विरोध चयन गरेको सङ्घका निवर्तमान अध्यक्ष ज्ञानबहादुर विसुरालले जनाए । रासस